बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १२:९:४२
२८ फागुन, काठमाडौं । कृषा ताम्राकारको बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ तथा “I wish I could fly” कथालयले हालै बजारमा ल्याएको छ । पुस्तकमा पन्छीजस्तै बनेर स्वतन्त्र भई आकाशमा उड्न चाहने एक जिज्ञासु बालकलाई मुख्य पात्र बनाइएको छ । पुस्तकका सबै चित्र लेखक ताम्राकारले नै बनाएकी हुन् ।
चरीजस्तै बन्ने तीव्र हुटहुटीले लखेटेको बालकले आफूलाई चरीजस्तै बनाइदिन बाबाजीसामु आग्रह गर्छ । बाबाजी मन्त्र जप्न थाल्छन् । जब एकछिन पछि आँखा खोल्छन्, उनी आफै छक्क पर्छन् । के बाबाजीले उसको इच्छा पूरा गरे होलान् ?
लेखक कृषा ताम्राकार भन्छिन्, ‘मेरो कथाको अन्त्य पाठकको शुरुवात हो’ त्यसमा मलाई खुसी लाग्छ । ‘म उड्न सकें’ लेखक र चित्रकारको रूपमा उनको पहिलो पुस्तक हो । तर यस भन्दा पहिला ‘यस्मरि’ लगायत उनका अरू दुई चित्र पुस्तकहरू प्रकाशित छन् ।
पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित छन् । यस पुस्तकको नेपाली अनुवाद कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले गरेकी हुन् भने, सम्पादन चर्चित कवी विप्लव प्रतीकले गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार