लोपोन्मुख गिद्ध जोगाउन रेष्टुराँ
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १३:४५:३८
२८ फागुन, तुलसीपुर दाङ । गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ । मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाउन पनि गिद्धको भूमिका हुन्छ भनिन्छ । तर पछिल्लो समय प्रकृतिको कुचीकार मानिने गिद्ध लोपोन्मुख अवस्थामा छन् ।
गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार नेपालमा नौ प्रकारका गिद्ध पाइने भएपनि पछिल्लो समय हराउँदै जाने चिन्ता बढको छ । “हामीले संरक्षण अभियान चलाइरहेका छौं”, उनले भने, “त्यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।”
हाल गिद्ध संरक्षणका लागि नेपालभर सात वटा गिद्ध रेष्टुराँ सञ्चालनमा छन् । यद्यपि ती रेष्टुराँ सञ्चालन गर्न निकै चुनौती रहेको पंक्षी संरक्षण सङ्घका कार्यक्रम अधिकृत भुपाल नेपालीको भनाइ छ । हाल दाङमा दुई वटा, घोचोक पोखरा, गैडाताल रूपन्देही, नवलपरासी पूर्व, कैलाली, कोशी टप्पुमा एक÷एक वटा यस्ता रेष्टुराँ छन् ।
रेष्टुराँ सञ्चालन धेरै खर्चिलो हुने गरेकाले समस्या हुने गरेको अध्यक्ष रावतले बताउछन् । उनका अनुसार रेष्टुराँमा बुढा भएका गाईवस्तुहरु राखिन्छ । “उनीहरुको रेखदेखका लागि खर्च ठूलो हुन्छ । उनीहरुलाई पराल खुवाउनु पर्ने र हेरचाह गर्न कर्मचारी राख्नुपर्ने हुन्छ । त्यहाँ पालिएका पशु मरेपछि मात्रै गिद्धको आहारा बन्ने गर्छन्”, उनले भने । गिद्ध रेष्टुराँमा पर्यटक आउने भएपनि त्यसलाई सरकारले संरक्षण गर्न सके निरन्तरता पाउने उनको भनाइ छ ।
हाल पशुमा दिइने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध हराउने अवस्थामा रहेको उनको भनाइ छ । साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतीय तारबारलगायतका कारण गिद्धको सङ्ख्या घट्दो रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश वन मन्त्रालयका अधिकृत धनिश्वर न्यौपानेले अग्ला रुखहरूलाई संरक्षण गर्ने, सुरक्षित आहाराको व्यवस्थापनको काम भइरहेको छ । सरोकारवाल, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणमा आधारमा सबै गैरसरकारी संघसंस्थाहरूको सहकार्यको खाँचो रहेको बताए ।
गिद्ध संरक्षणका लागि सरकारी स्तरबाट पहिलो पटक लुम्बिनी प्रदेश सरकारले मात्रै बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले गिद्ध संरक्षणसँगै लोपन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाललगायतका लागि रु तीन करोड २८ लाख बजेट विनियोजन गरेको छ । यसअघि सरकारी स्तरबाट गिद्ध तथा लोपन्मुख वनस्पति संरक्षणका लागि बजेट बिनियोजन भएको थिएन ।
नेपालमा विभिन्न नौ प्रजातिका करिब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमालीबाहेक सबैजसो स्थानमा पाइन्छन् । नेपालमा डङ, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ ।
नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करिब १० हजारको हाराहारीमा रहेको तथ्याङ्क छ भने खैरो, राज र लामोठुडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्यान्डलगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन् ।
विश्वमै पहिलोपटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र संकटापन्न अवस्थामा रहेका तीनको संरक्षणमा यस्ता प्रयास फलदायी हुने जनाइएको छ । प्रकृतिमा छाडिएका गिद्धको पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाँडमा रेडियोकलर जडान गरिएको छ ।
विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव नौ प्रतिशत गिद्ध मासिएपछि यी दुवै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
बैशाख २४, २०८१ सोमबार
राष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
दही र मोहीलाई प्रोत्साहन गर्न इच्छाकामनामा ‘कोल्डड्रिङ्स’ निषेध
बैशाख २४, २०८१ सोमबार
पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
बैशाख २४, २०८१ सोमबार
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
फ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
बैशाख २४, २०८१ सोमबार