डेढ अर्ब ठगी गरेको अभियोगमा कान्तिपुर सहकारीका १२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १७:२४:२९
२८ फागुन, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ सञ्चालक विरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको छ । सहकारीको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ ।
संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी सहकारी ठगीको मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । एक जनाबाहेक अरु सञ्चालक फरार रहेको र उनीहरूलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको छ ।
सो सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरेको थियो । सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ फसेको प्रहरीले जनाएको छ । थोरै बचतकर्ताले मात्र हाल प्रहरीमा जाहेरी दिएका हुन् । सञ्चालकहरूले नियमविपरीत संस्थाको पैसा निजी व्यवसायमा लगाएर फिर्ता गर्न नसकेपछि संस्था डुबेको हो । अस्पताल, रिसोर्ट तथा घरजग्गामा सञ्चालकले करोडौं लगानी गरेका छन ।
प्रहरीले संस्थाका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरी गत महिना अनुसन्धान थालेको हो । अन्य ११ सञ्चालक फरार छन् । पूर्व अध्यक्ष सीबी लामासहित सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानु कान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धव प्रसाद पाण्डे र अम्बिका थपलियालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार