१९९ रनको लक्ष्य पछ्याएको पीएनजीको कमजोर प्रदर्शन
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार ९:४८:३२
२९ फागुन, काठमाडौं । हङकङमा जारी त्रिदेशीय ट्वान्टी–२० श्रृखलाको दोस्रो खेलमा पपुवा न्युगिनीलाई नेपालले १९९ रनको लक्ष्य दिएको छ । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा १९९ रनको लक्ष्य दिएको हो ।
जारी खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउँदै पीएनजीले लगातार तीन बलमा पाँचौँ, छैटौँ र सातौँ विकेट गुमाएको छ ।
पीएनजीको पाँचौँ विकेट आकाश चन्दले लिएका हुन् । आकाशले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान चार्लिस अमिनीलाई नौ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । पेभेलियन फर्किनुअघि चार्लिसले नौ बलमा एक चौका हिर्काएका थिए । ११औँ ओभरको अन्तिम बलमा चार्लिस आउट हुँदा पीएनजीले ८९ रन बनाएको थियो ।
त्यसपछि १२औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले पीएनजीको छैटौँ विकेट लिए । उनले पीएनजीका लेगा सियाकालाई पाँच रनको ब्यक्तिगत स्कोरमा लोकेश बमद्वारा क्याच गराए । उनी आउट हुँदा पीएसजीले ८९ रन बनाएको थियो ।
त्यसलगत्तै १२औँ ओभरको दोस्रो बलमा कुशल भुर्तेलले नै पीएनजीका नरम्यान भानुआलाई खाता खोल्नुअघि नै बोल्ड गरेका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट हो । नरम्यान आउट हुँदा पीएनजीले ८९ रन बनाएको थियो ।
मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो । नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।
टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो । नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।
लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।
पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले ११ विकेट लिए । फाइनलमा पुग्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार