कलैयाबाट सवारी चालक अनुमति पत्र वितरणको काम शुरु
आबिद हुसेन
फागुन २९, २०८० मंगलबार १३:१४:३१
२९ फागुन, वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बाराले अव कलैयाबाट सवारी अनुमतिपत्र 'लाईसेन्स' वितरण गर्ने भएको छ । २०८० मंसिर २५ मा कार्यालय स्थापना भएसँगै पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ ।
मधेश प्रदेश यातायात व्यवस्था कार्यालय कलैयाबाट लाइसेन्स वितरणको प्रकृया अगाडि बढाएको कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए । यस अघि सवारी दर्ता, लाइसेन्स नवीकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स नै वितरणको जिम्मेवारी पाएको कार्यालय प्रमुख हुसेनले बताए ।
उनका अनुसार अव मोटरसाइकल स्कुटीदेखि जीप, कार, अटो रिक्सा ट्रयाक्टर जस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको बताए । अधिकार पाएसँगै लाइसेन्सका लागि फाराम खुल्ला भइसकेको पनि हुसेनले जानकारी दिए । अव भटाभट लाइसेन्स वितरणको कार्य सुरु हुने उनले बताए । लाइसेन्स वितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको हुसेनले बताए ।
कार्यालय नजिकै रहेको गंगापुर ३ स्थित ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको छ । नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सो सवारी ट्रायल सेन्टर संचालनमा आएको कार्यालय प्रमुख हुसेनले बताए ।
सुरुमा हलुका सवारीको लाइसेन्स वितरण गर्ने र विस्तारै सबैखाले वितरण गर्ने नीति लिइने कार्यालयले जनाएको छ । यसअघि यातायात कार्यालय बारालाई लाइसेन्स वितरणको अधिकार नहुँदा जिल्लाका हजारौँ सेवाग्राही वीरगञ्ज पुग्नुपर्ने बाध्यता हटेको छ
।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार