एनआईसीबाहेक १७ बैंकले घटाए ब्याजदर, दुईको स्थिर
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार ११:२१:४
३० फागुन, काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा धेरै बैंकले ब्याजदर चैतमा घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार फागुनको तुलनामा औसतमा चैतमा ब्याजदर घटेको छ । फागुनमा बैंकहरुको ब्याजदर औसतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ । १७ वटा बैंकले ब्याजदर घटाउँदा २ वटाको स्थिर रहेको छ भने एनआईसी एशिया बैंकले बढाएको छ ।
एनआईसी एसिया बैंकको ब्याजदर फागुनमा ८ प्रतिशत रहेको थियो । चैतमा भने फागुनको तुलनामा ०.५४ प्रतिशतले बढेर ८.५४ प्रतिशत पुगेको छ । प्रभु बैंक र ग्लोबल आईएमई बैंकले भने फागुनको ब्याजदरलाई नै चैतमा पनि कायम गरेका छन् । फागुनमा प्रभुको ७.५ र ग्लोबलको ७.६ प्रतिशत ब्याज रहेको थियो । चैतमा पनि यही नै कायम हुने छ ।
बैंकले अपेक्षा अनुसार कर्जा प्रवाह गर्न नसक्दा निक्षेपको ब्याजदर सस्तो हुँदै गएको छ । निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको रहेको छ । चैतमा बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।
चैत महिनाका लागि प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत बनाएको छ । नेपाल बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगत तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन् ।
यस्तै, सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.३५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले पनि व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।
सिटिजन बैंकले व्यक्तिगत मुद्दती तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत बनाएका छन् । कुमारीले व्यक्तिगत तर्फ ७.५१ प्रतिशत र संस्थागत तर्फ ६.५१ प्रतिशत, सिद्धार्थ र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत बराबरी, हिमालयन बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।
एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, नेपाल एसएसबीले व्यक्तिगत तर्फ ७.०१ प्रतिशत र संस्थागत तर्फ ६.०१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दती निक्षेपमा बढी र छोटो अवधिको मुद्दती निक्षेपमा कम ब्याजदर रहेको छ ।
ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दती निक्षेप नवीकरण नगर्ने र बचतमा पैसा राख्दा बैठकहरूको मुद्दती निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहेजति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रममा नै रहेको बताउँछन् । ‘निक्षेप बढिरहेको छ, कर्जा सोअनुसार प्रवाह भइरहेको छैन ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम् ब्याजदर बीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम् ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
बैशाख २१, २०८१ शुक्रबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार