कोशीको मुख्यमन्त्रीमा कार्की निर्विकल्पः कांग्रेस
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार ११:५१:२६
१ चैत, काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा हालको सरकार परिवर्तन गर्न नमिल्ने बताएको छ । कोशी सरकारबाट मुख्यमन्त्री केदार कार्कीलाई हटाउने खेल रचिएमा थप राजनीतिक संकट आउने कांग्रेसको निष्कर्ष छ ।
कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलले सो निष्कर्ष निकालेको हो । पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न देउवा निवास बुढानिलकण्ठमा दुई उपसभापति, दुई महामन्त्री, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेताहरु भेला भएका थिए ।
सो छलफलमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको हो । ‘न यसको विकल्प छ, न यसलाई विघटन गर्न सकिन्छ, न अविश्वासको प्रस्ताव ल्याउन मिल्छ भनेर मुख्यमन्त्री कार्कीले तर्क र दलिल प्रस्तुत गरेका थिए ।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।
गणितीय रुपमा कार्की संकटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार नदेखिएको कांग्रेसको निष्कर्ष छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् । त्यसैले कोशीमा एमाले–माओवादीसहितको गठबन्धन सहज अंक गणितमा देखिन्छन् । कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनाम राखेर संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुग्यो कार्यदल
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, एक फरार
जेठ ८, २०८१ मंगलबार
जसपा नेपालको रिट ढुंगाना र मुसलमानको इजलासमा
जेठ ८, २०८१ मंगलबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ ८, २०८१ मंगलबार
नाम राखेर संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुग्यो कार्यदल
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने ८ जनाले पोले पशुपति विकास कोषका कोषाध्यक्ष सुवेदीको नाम
जेठ ८, २०८१ मंगलबार