रवि लामिछानेलाई गृहमन्त्रीमा नियुक्ति गरेको विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १२:१७:३२
१ चैत, काठमाडौं । नेपाली कांग्रेसले सरकारी ठगीमा संलग्न भएको भनि अनुसन्धान भइरहेको व्यक्तिलाई किन उपप्रधान एवं गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेको छ । कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछानेप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले अनुसन्धानको दायरामा भएका व्यक्ति गृहमन्त्री भएको भन्दै यसले सरकारप्रति गम्भीर नैतिक प्रश्न उठेको बताए । उनले सहकारी पीडितहरू आन्दोलनमा उत्रिएको भन्दै आरोपित व्यक्ति नै गृहमन्त्री हुँदा अनुसन्धानमा प्रभावित हुने जिकिर गरे ।
गृहमन्त्री रवि लामिछानेले लगानी गर्न नमिल्ने संस्थामा सहकारीको लगानी गरिएको, नमिल्ने शीर्षकमा कर्जा दिएको र सदस्य नभएको व्यक्तिले सहकारीबाट ऋण लिएको सघन आरोपमा घेरिएका भन्दै यस्तो प्रकृतिका अन्य दोषीलाई कसरी कारबाही गर्नुहुन्छ भनि उनले प्रश्न समेत गरे ।
‘अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुने एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ,’ उनले भने । गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न रहेको उनले बताए । सहकारी पीडितहरु आन्दोलनमा रहेको उल्लेख गर्दै उनले सहकारी पीडितको माग कसरी सम्बोधन गर्नुहुन्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे ।
यस्तै सांसद सरस्वती बजिमयले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै भ्रष्टाचार निर्मूल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धतामा प्रश्न गरेकी छन् । बजिमयले प्रधानमन्त्रीको प्रतिबद्धता र कामलाई पीडितले कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेकी हुन् ।
उनले भनिन्,‘प्रधानमन्त्री ज्यू, उथलपुथल ल्याउने भन्नुहुन्छ, भ्रष्टाचार निर्मूल पार्ने भन्नुहुन्छ । तर, सहकारी ठगीमा मुछिएको व्यक्तिलाई गृहमन्त्री बनाउनुहुन्छ । पीडित र जनताले के विश्वास गर्ने ठाउँ छ ?’ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा सहकारी ठगीमा संलग्न रहेको भन्दै उजुरी परेको छ । बजिमयले त्यसलाई जोडेर संसद्मा प्रश्न उठाएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार
नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री कार्की आज सर्वोच्च जाने
बैशाख २७, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
कोसीमा एउटा कार्की मुख्यमन्त्रीको तयारीमा, अर्का पुगे सर्वोच्च
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा जलेको नगद
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार