सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १२:२९:४
१ चैत, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । बिहीबार सिंहदरबार स्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्री समक्ष बुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए ।
भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए । प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर-डीएफएलमा लगातार देखिएका व्यक्तिको सूची समेत समावेश छ । साथै, निर्दोष देखिएका व्यक्तिको नामावली पनि प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न समयमा विभिन्न माध्यमबाट भित्रिएको सुनबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनेको थियो । आचार्य अध्यक्ष रहेको सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन् । आयोगले ब्रेक शुमार्फत् भित्रिएको ६० किलो सुन र भेपमार्फत् भित्रिएको ९ किलो सुन सम्बन्धी अनुसन्धान तथा अध्ययन गरेको थियो ।
जाँचबुझ आयोगले कार्यसम्पादनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा रसुवागढीसहित विभिन्न सात वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन गरेको छ । राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिका सभापति तथा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतक तथा सचेतकहरू, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीहरू, विभिन्न ६१ जना विषयमा विज्ञहरू, विभिन्न चार वटा संस्थाका १८ जना प्रतिनिधिहरूसँग छलफल गरेको थियो ।
विद्युतीय चुरोट (भेप) र ब्रेक शुमा सुन राखेर तस्करी भएको प्रतिवादी रहेका ३३ जना प्रतिवादीहरूसँग पुनः बयान लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट बुझेर तर प्रतिवादी नबनाएका २१ जनाको बयान कागज गराएको छ । अनुसन्धानको क्रममा आयोगबाट थप १४ जनासँग सोधपुछ गरेको छ ।
तस्करी नियन्त्रणसँग सम्बन्धित विभिन्न नीति, कानुनी व्यवस्था र कार्यान्वयनको जिम्मेवारी लिएका निकायहरूको संरचना र क्षमता तथा कार्य प्रणालीको अवस्थाको अध्ययन, अवलोकन, छलफल, अन्तक्रिर्याका माध्यमबाट जानकारी तथा सुझाव लिएर सुधारका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।
गत असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले दुई वटा सुन प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गरेको थियो । त्यसयता आयोगले छानबिन गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य २७ सयले घट्यो, तोलाको कति ?
बैशाख १९, २०८१ बुधबार
आज सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?
बैशाख १८, २०८१ मंगलबार
सुनको मूल्य चार सयले घट्यो, प्रतितोला कति ?
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
बैशाख १९, २०८१ बुधबार
पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ बर्षिय बृद्ध पक्राउ
बैशाख १९, २०८१ बुधबार
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
बैशाख १९, २०८१ बुधबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
प्रयोग गरिएको तेलमा पकाएको खाना स्वास्थ्यका लागि हानिकारक
बैशाख १९, २०८१ बुधबार
मजदुरीमै बित्यो जीवन, निधारमा दाम्लोको दाग साक्षी छ !
बैशाख १९, २०८१ बुधबार