शुक्लाफाँटाको चौधर नदीमा छाड्न घडियाल गोही पठाइयो
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १४:३:१७
१ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ । शनिबार बिहान नदीमा घडियाल गोही छोडिने जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चारदेखि पाँच वर्ष उमेरका गोही पठाइएको हो । चौधर नदीमा लिखितरूपमा सन् १९८० सम्म गोही रहेको भनिए पनि त्यहाँ माछा मार्नेले सन् १९९३ सम्म गोही देखेको स्थानीयले बताउँदै आएका छन् । त्यसयता हाल मगर गोहीमात्र रहेका छन् । तिवारीले नदी गोहीका लागि उपयुक्त भएकाले पठाइएको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गोही लिन आएका संरक्षण अधिकृत एवं सूचना अधिकारी मनोज ऐरले झण्डै ४० घण्टा लगाएर गोही लैजान लागेको बताए । शनिबार औपचारिक कार्यक्रम गरी नदीमा गोही छोडिने उनले बताए ।
निकुञ्ज विभागले गरेको अध्ययनमा सो नदी गोहीका लागि उपयुक्त देखिएकाले यस वर्ष २५ वटा र अर्को वर्ष २५ वटा गोही लैजाने तयारी गरेको हो । कञ्चनपुर र डडेलधुराको सिमानामा रहेको चुरे क्षेत्रबाट बग्ने खोला र खोल्सा एवं कहिलेकाहीँ महाकाली सिँचाइ दोस्रो परियोजनाको पानी यो नदीमा आएर मिसिन्छ ।
यो नदी भारततर्फको महाकाली नदीमा गएर मिसिने उनले जानकारी दिए। चौधर नदीले शुक्लाफाँटा निकुञ्जलाई बीचबाट दुई भागमा विभाजन गरेको छ । यस वर्ष गोही प्रजनन केन्द्रबाट १० वटा गोही बाँकेको राप्ती नदीमा छोड्ने गरी पठाइएको थियो । प्रजनन केन्द्रमा हुर्काइएका थप ४० वटा गोही केही दिनमा राप्ती र नारायणी नदीमा छोड्ने योजना बनाइएको छ ।
हरेक वर्ष राप्ती र नारायणी नदीको बगरमा गोहीको अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा बच्चा कोरली हुर्काउने गरिन्छ । प्रजनन केन्द्रमा समेत गोहीले पारेका अण्डाबाटसमेत कोरलिएको बच्चालाई यहाँ हुर्काउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
हेल्थ डेस्कका स्वास्थ्यकर्मी १० महिनादेखि तलब नपाउँदा निराश
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार