सीआईबीको कमाण्ड सम्हालिरहेकी एआईजी बज्राचार्यलाई सुन प्रकरणमा कारबाही गर्न आयोगको सिफारिस
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार ११:२३:३६
२ चैत्र, काठमाडौं । राजनीतिक आड र माथिल्लो ओहदामा रहेकाहरूलाई सुन तस्करी प्रकरणको छानबिनमा नसमेटेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई तस्करी सुनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले कारवाहीको सिफारिस गरेको छ ।
आयोगले उनलाई विभागीय कारवाही गर्नुपर्ने भन्दै सिफारिस गरेको हो । यसबारे प्रतिवेदन बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री रवि लामिछानेबीच पनि छलफल भएको छ । गृहमन्त्री लामिछानेले प्रहरी प्रमुख बसन्तबहादुर कुँवरसँग पनि यस विषयमा छलफल गरेका छन् ।
सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै आयोगले बज्राचार्यलाई कारवाही सिफारिस गरेको हो । उनले प्रहरीकै पूर्व उच्च अधिकारीका साथै राजनीतिक दलका नेता लगायतलाई उन्मुक्ति दिएको छानबिन समितिको ठहर छ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढेकाे गृहका एक अधिकारीले नेपालबहसलाई बताए ।
आयोगले तस्कर नाइके जीवन चलाउनेले पूर्वआईजीपी तथा एमाले नेता सर्वेन्द्र खनालको नाम लिएपछि बयानको कागज च्यातिएको र सीआईबीको सहयोगमा चलाउने फरार भएको भन्दै एआईजी किरण बज्राचार्यलाई कारबाही सिफारिस गरेको जनाएको छ । अनुसन्धान गर्दा एआईजी बज्राचार्यले गम्भीर गल्ती गरेको प्रतिवेदनले औंल्याएको छ । प्रमाण नष्ट गर्नेसम्मको काम भएको आयोगकाे ठहर छ ।
पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएको बज्राचार्यमाथि आरोप छ । त्यस्तै अनुसन्धानमा लापरबाही गरेको भन्दै काठमाडौंका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ । पूर्व सभामुख महरा र पूर्व प्रहरी महानिरीक्षक खनाल सुन तस्करीमा संलग्न रहेको बयान आए पनि उनीहरूमाथि सीआईबीले अनुसन्धान नगरेको आयोगका अधिकारीहरूको भनाइ छ ।
सुन तस्करी सञ्जाललाई सरकारले संरक्षण गरेको भन्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले आयोगको माग गरेका थिए । वर्तमान सत्तारूढ गठबन्धनमा रहेको एमाले र माओवादीका नेताहरूमाथि अनुसन्धान नगरेको भन्दै प्रहरी अधिकारीमाथि कारबाही सिफारिस भएकाले सरकारमाथि पनि प्रश्न उठेको छ । सीआईबी प्रमुख बज्राचार्यले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको बताइएको छ ।
सीआईबी प्रमुखमाथि कारबाही गर्न सिफारिस भएको छ, सरकारले सीआईबी प्रमुखमाथि कारबाही गर्न सक्ने सीआईबी प्रमुखले जोगाएका नेताहरूमाथि स्पष्ट कारबाही नगरे अहिलेका गृहमन्त्रीमाथि प्रश्न उठ्ने देखिएको छ । जाँचबुझ आयोगले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको संरक्षण र जानकारीमै दुई छोरा जितेन्द्र र दीपेश तथा वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङसहितले पटक–पटक सुन तस्करी गरेको तथ्य सार्वजनिक भइसकेको बारे पनि आयोगले प्रश्न उठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार