सहकारीको अनुसन्धान नसकिएसम्म गृहमन्त्रीले राजीनामा दिनुपर्छः कांग्रेस
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १२:३३:३७
१ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न भनेपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको बताए । उनले यसको जवाफ नआए संसद अवरुद्ध हुनसक्ने बताए ।
बिहीबारको बैठकमा पनि कांग्रेसले गृहमन्त्रीको सम्बन्धमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो । शुक्रबारको बैठकमा पौडेलले भने, ‘म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’
अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने उनको भनाइ छ । ‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो । अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? पीडितहरुको विश्वास जित्न नसकेको सरकारले कसरी वित्तीय संकटलाई समाधान गर्न सक्छ ?’
३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी संचालकको बचतबाट आफूहरूको बचत फिर्ता दिलाउन माग गरिरहेको भनी यसमा सरकार गम्भीर हुनुपर्ने बताए । यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि उनको माग छ । उनले भनेका छन्, ‘विगत केही दिनदेखि निरन्तर रुपमा प्रमुख प्रतिपक्षले संसदमा प्रश्न उठाउँदै आएको छ । प्रधानमन्त्री त्यो प्रश्नको सामना गर्नुको साटो भागेर हिँड्नुभएको छ । प्रधानमन्त्रीको यस विषयमा डबल स्ट्यान्डर्ड देखियो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
बैशाख २७, २०८१ बिहिबार