धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १३:२७:१९
२ चैत, काठमाडौं । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण 'बैंकिङ कसुर'मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईबी'ले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।
सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका १० बैंकरको सम्बन्धमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान थालिएको जानकारी दिए ।
तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले मिलेमतोमा धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा परेको उजुरीमाथि अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहितका १० बैंकर हाजिरी जमानीमा छुटिसकेका छन् ।
प्रहरी उपरीक्षक बोगटीले भने, “व्यवहारिक रुपमा कानुनले दिएको अधिकार प्रयोग गरेर अहिले उनीहरुलाई दैनिक हाजिरी जमानीमा छाडेका छौँ, आजदेखि विहान १० बजे आउनुहुन्छ र साँझ ५ बजे जानुहुन्छ, तर अनुसन्धान टुङ्गिएको पनि होइन । अनुसन्धान लामो हुने भएकाले थुना बाहिर राखेर अनुसन्धान गर्ने अधिकार अनुसन्धान अधिकारीलाई छ, सोहीअनुसार गरिएको हो ।”
गत फागुन १५ गते पक्राउ गरेका बैंकरलाई ब्यूरोले १७ दिन हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान गरेको थियो । गत फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न ब्यूरोले अदालतबाट अनुमति पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार