कावासोतीबाट गैँडा स्थानान्तरणको काम सुरु
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १४:२५:१८
२ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो ।
निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैँडा कावासोती नगरपालिका–२ स्थित वनबाट नियन्त्रणमा लिइएको हो ।
उक्त गैँडा मानव बस्तीमा समेत पस्ने गरेको उनले बताए । उमेर बढी भएकाले यो गैँडालाई निकुञ्जको मुख्यालय कसराबाट पूर्वतर्फ लगेर छाडिने तिवारीले जानकारी दिए । उनका अनुसार निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् ।
निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ ।
गैँडा स्थानान्तरणका लागि दुई साता समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । गैँडा स्थानान्तरण पश्चात् पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ ।
पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार