हुण्डी कारोबारमा संलग्न चार जना वीरगञ्जबाट पक्राउ
आबिद हुसेन
चैत २, २०८० शुक्रबार १९:२१:२५
२ चैत, वीरगञ्ज । वीरगञ्जमा हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई वीरगन्जको आदर्शनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ३२ बर्षिय कुनाल जयसवाल,वडा नम्बर २२ का ३९ बर्षिय वीरेन्द्र साह तेली,२० बर्षिया रेखा कुमारी साह र पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ६ का २५ बर्षिय मितु कुमार कुर्मी रहेका छन्।
पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार, वीरगन्ज १० आदर्शनगरस्थित कुनाल जयसवालको किराना पसलबाट उनिहरुलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।
जयसवालको किराना पसलबाट प्रहरीले नगद चार लाख तीन हजार नेपाली रुपैयाँ, विभिन्न बैंकको चेकबुक १३ थान,विभिन्न मितिमा काटिएको चेक ६६ थान,नबिल बैंक,एनआइसी एशिया र नेपाल राष्ट्र बैंकमा गरी ३१ लाख भन्दा बढी रकम जम्मा गरिएको डिपोजिट स्लीप पाँच थान,एटीएम कार्ड तीन थान र मोबाइल फोन सात थान बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।
पक्राउ परेकाहरु विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको ढुंगेलले जानकारी दिए।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपलागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार