पन्त र शेर्पा विषयगत समितिको सभापति बन्दै
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १०:४८:५५
४ चैत, काठमाडौं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिका सभापति आज चयन गरिँदैछ । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समिति चयन गर्न लागिएको हो ।
ती समितिहरुका सभापतिका लागि शनिबार मनोनयन दर्ता भएको थियो । दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको उम्मेदवारी परेको छ ।
उनीहरु एकल उम्मेदवार भएकाले आइतबार निर्विरोध निर्वाचित हुँदैछन् । प्रमुख चार दल कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाका चार समितिहरुमध्ये एक–एक वटाको सभापति भागबन्डा गरेर लिएका छन् ।
राष्ट्रिय सभाकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र विधायन व्यस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्तीदेवी राई सभापति छन् । दिगो विकास तथा सुशासन समितिको सभापतिमा यसअघि कांग्रेसका प्रकाश पन्थ सभापति थिए । उनको कार्यकाल गत २० फागुनमा सकिएपछि कांग्रेसकै भागबाट कमला पन्तको एकल उम्मेदवारी दर्ता भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार