विराटनगरमा गोल्छा समुहदेखि विशाल ग्रुपसम्मका ट्रेडिङ फर्मबाट करोडौं राजश्व चुहावट, छापा हान्दै विभाग
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १९:८:३५
४ चैत, विराटनगर । विराटनगरमा घरानियाँ व्यापारिक समूह मानिएका गोल्छा समूहदेखि विशाल ग्रुपसम्मका व्यवसायीक फर्महरुबाट करोडौं राजश्व छली भएको समाचार बाहिरिएको छ । उनीहरुले विभिन्न नामका ट्रेडिङ फर्मबाट कारोबार गर्ने क्रममा राजश्व छलि गरेको पाइएको हो । व्यापारीहरूबाट ठूलो मात्रामा राजश्व छली भएको सूचना आएपछि आन्तरिक राजश्व कार्यालय र राजश्व अनुसन्धान विभागले ती ट्रेडिङ फर्महरुमा छापा हान्ने तयारी गरेको बुझिएको छ ।
लामो समयदेखि ट्रेडिङ कारोबार गर्दै आएका केही व्यवसायीहरू राजश्व छलीमा संलग्न भएको पुष्टि भएपछि राजश्व कार्यालयहरूले गोप्य रुपमा छापा हान्न लागेका हुन् । विराटनगरमा रहेका ठूला व्यापारी समूहको ट्रेडिङ कारोबारमा राजश्व अनुसन्धान र आन्तरिक राजश्वले पहिलो पटक कारवाही गर्न लागेको भने होइन । यसअघि पनि राजश्व छलीमा कारवाही चलाउँदै आएको हो । तर, यसपटक ठूलो तयारीका साथ छापा हान्न लगिएको राजश्व कार्यालय स्रोतबाट थाहा हुन आएको छ ।
साे समाचार स्राेतका अनुसार विराटनगरमा रहेको गोल्छा समूहदेखि विशाल ग्रुपद्वारा सञ्चालित विभिन्न ट्रेडिङ फर्महरुसहित अग्रपंक्तिमा रहेको कमला ग्लोबलका सञ्चालक शंकरलाल अग्रवालको ट्रेडिङमा राजश्वले पहिले छापा हान्दैछ । फर्मलाई पहिलो चरणमा कारवाही गर्न लागिएको राजश्वको उच्च स्रोतले जानकारी दिएको छ । माथि उल्लिखित व्यवसायी ग्रुपका फर्महरुले विराटनगर भन्सार नाका प्रयोग गरी १२ सय डलरको भन्सार मुल्यांकनलाई घटाएर ८ डलर मुल्यांकन कायम गराएको पाइएको छ । यो फेला परेसँगै राजश्वका निकायहरूले संयुक्त रुपमा कारवाही गर्न लागेका हुन् ।
अहिले यी ट्रेडिङ फर्मबाट यसअघि भएका कारोबारमा करोडौंको मूल्यमा राजश्व तिर्नुपर्ने अवस्था देखिएको छ । एकपटक समातेपछि राजश्वले पुराना कारोबार पनि खोतल्ने तयार गरेको छ । राजश्व अनुसन्धान र आन्तरिक राजश्व विभागबाट संयुक्त टोली खटाउने तयारी हुँदैछ । अब कारवाही लागि सम्बन्धित फर्मका व्यवसायीलाई पत्राचार गर्न रोकेर छापा हान्न लागिएको स्रोतको भनाइ छ । गोल्छा हाउसको भूदेउ खाद्य उद्योग तथा अन्य कम्पनी र विशाल ग्रुप सम्बद्ध यूनाइटेड डिस्ट्रिव्युटर्स नेपाल, इन्डेस्क डिस्ट्रिव्युटर्स, डेल्टा डिस्ट्रिव्युटरर्स र ग्लोबल ट्रेडिङ कन्र्सन लगायतबाट हरेक वर्ष करोडौं कर राजश्व छलि भएको उजुरीका आधारमा गहन छानविन पछि कारबाहीको तयारीमा दुवै राजश्वका कार्यालयहरु कस्सिएका हुन ।
राजश्व उच्च स्रोतका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ४० हजार मे. टन. चिनीबाट सरकारले ५७ करोड ७० लाख राजश्व संकलन गरेको थियो । तर, उक्त चिनीको भन्सार मुल्यांकन मात्र १ अर्ब ९० करोड बढीको भएको र चिनी व्यापारीले ३३ करोड देखि ४२ करोडसम्म राजश्व हिनामिना गरेको भेटियो । यसबाट ठुलो राजश्व छली भएको अनुसन्धानबाट पत्ता लागेको छ । यी पुराना फाइल पनि खोल्ने तयारी राजश्वको छ ।
ट्रेडिङका व्यवसायीहरूले चिनी मात्रै नभएर विगतमा मरिच, पोष्तादाना, सुपाडीदेखि गेडागुडीको आयातमा समेत अकल्पनीय रुपमा राजश्व छली गरेको पाइएको छ । यसको विस्तृत छानविन भएर राजश्वका कार्यालयहरू कारवाहीमा अगाडि बढेका हुन् । विराटनगरबाट ट्रेडिङको कारोबार गर्दै आयात तथा निर्यातमा संलग्न रहने गरेका व्यवसायीहरूमा जगदीशप्रसाद अग्रवालको भ्याट दर्ता ३०००३९५९७ रहेको अरविन्द स्टाेर्स, विजयकुमार अग्रवालको भ्याट दर्ता ३०००९९३५७ रहेको विजयदीप इन्टरनेशनल, विनय अग्रवालको भ्याट दर्ता ३००२१४७७२ रहेको एस.वी.एण्ड सन्स र शंकरलाल अग्रवालको भ्याट दर्ता ३०००३८७७४ रहेको कमला ग्लोबल ट्रेडिङ्ग फर्महरु पहिलो चरणमा आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धानबाट कारबाहीका लागि छनौट भएका छन् ।
कमला ग्लोबल व्यवसायी फर्मका सञ्चालक शंकरलाल अग्रवाल तत्कालीन बैंक अफ एशियाबाट एलसी खोली नक्कली कागजात बनाएर पोष्तादाना आयात प्रकरणमा तानिएका थिए । तिनै खेलाडी कारोबारी अग्रवाल पछिल्लो समय राजश्व र आन्तरिक राजश्व विभागको अनुसन्धानमा तानिन लागेको स्रोतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार