विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा रफाहमाथिको आक्रमण रोक्न आग्रह
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १२:२२:२४
४ चैत, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन 'डब्ल्यूएचओ' का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन् ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले ट्वीटरमार्फत जारी सन्देशमा लेखेका छन्, “रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको छ ।
उनले भने, “घना बस्ती भएको यस क्षेत्रमा हिंसाको थप वृद्धिले धेरैको मृत्यु र पीडा निम्त्याउनेछ । विशेषगरी स्वास्थ्य संस्थाहरू पहिले नै क्षमताभन्दा बढी सेवा दिन बाध्य भइरहेका छन् । आक्रमणपछि यहाँको स्वास्थ्य अवस्था थप अस्तव्यस्त हुनेछ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार रफाहमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् ।
डब्ल्यूएचओ प्रमुख टेड्रोसले यो मानवीय विपत्तिलाई अझ खराब हुन दिनु नहुने बताउँदै इजरायललाई सैन्य अभियान अघि नबढाउन र ‘मानवताको लागि’ शान्तिको बाट तय गर्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार