विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १३:१७:५२
४ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उद्योगपति विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा खरिदबिक्री प्रकरणमा बयान लिन निर्देशन दिएका छन् । भाई अरुण चौधरीलाई पक्राउ गरेपछि अत्तालिएका उनी भागेर भारत पुगेका थिए । शेरबहादुर देउवाका मुख्य लगानीकर्ता समेत रहेका चौधरीले हारगुहार गरेपछि तत्कालका लागि उनको पक्राउ प्रकरण रोकिएको थियो। त्यसका लागि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे थिए ।
स्रोतका अनुसार सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्यले चौधरीलाई पक्राउ गर्ने तयारी गरेकी थिइन । तर उनलाई प्रधानमन्त्री प्रचण्डले नै रोकेका थिए । गठबन्धन दलकाे मुख्य घटक कांग्रेस सांसद समेत कारण साे बेलाकाे समीकरणमा समस्या आउने भन्दै प्रधानमन्त्री प्रचण्डले रोकेका थिए । नयाँ समीकरण बन्नु अघि एक महिना दुबई जाने बेलामा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका थिए । त्यतिबेला माओवादीकै एक नेताले लगेर प्रधानमन्त्रीलाई भेटाएका थिए ।
आइतबार बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई चौधरीमाथि अनुसन्धान गर्न निर्देशन दिएसँगै प्रहरीले बयानका लागि बोलाउने निर्णयमा पुगेको छ । ‘बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिनुभएको छ, साथै सांसद विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउने सीआईबीका प्रमुखले गृहमन्त्रीलाई जानकारी दिनुभयो’, गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका प्रमोद न्यौपानेले बताए ।
सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । सोही प्रकरणमा विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरिएको थियो । तर त्उसका मुख्य खेलाडी चाैधरीलाई उम्काइएकाे थियाे । ३७ वर्षअघि सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा चौधरी ग्रुपमाथि लागेको छ । देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेपछि यो प्रकरणले चर्चा पाएको थियो ।
सोही प्रकरणमा पक्राउ परेका अरुण चौधरी सेटिङमा अदालतबाट छुटेपछि चौधरी ग्रुपले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरेपछि सीआईबीले त्यसलाई प्रमाण मात्रै संकलन गरेको राखेको र अदालतको फैसला आएपछि मात्रै अन्य कारवाही अघि बढाउने जनाएको थियो । एआईजी श्याम ज्ञवाली सीआईबी प्रमुख भएर आएपछि उपप्रधानमन्त्रीको निर्देशन कसरी अघि बढ्छ भनेर हेर्न बाँकी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार