सवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १७:३३:५
४ चैत, काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको ८ महिनासम्म सरकारले २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ ऋण थपेको छ । यस अवधिमा साँवा भुक्तानीमार्फत १ खर्ब २६ अर्ब ३ करोड रुपैयाँ तिरेको छ । असार मसान्तमा २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको नेपालको सार्वजनिक ऋण बढेर २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको कार्यालयको तथ्यांक छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको ऋणको दायित्व २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ थियो ।
८ महीनामा सरकारले १ खर्ब ६३ अर्ब ३१ करोड आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड ६५ लाख बाह्य ऋण गरी कुल २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । यसबीच सरकारले १ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ आन्तरिक र २३ अर्ब ६ करोड ७५ लाख रुपैयाँ बाह्य गरी कुल १ खर्ब २६ अर्ब ३ करोड ९१ लाख रुपैयाँ बराबर साँवा भुक्तानी गरेको छ । सोहीकारण २ खर्ब १८ अर्ब नयाँ ऋण लिँदा पनि ऋणको वृद्धि भने ९२ अर्ब ८३ करोड रुपैयाँमात्र थपिएको कार्यालयको तथ्यांक छ ।
कुल ऋणमध्ये आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ ऋण छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा नेपालले बाह्य ऋणको सावा ब्याज ३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋणको साँवा व्याज गरी कुल १६ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै प्रवेश पास पाइने !
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
इलाम - २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार