हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १८:५३:३६
४ चैत, वासिङ्टन । क्यारेबियन मुलुक हाइटीमा हप्तौंदेखि जारी हिंसात्मक झडपपछि संयुक्त राज्य अमेरिकाले हाइटीबाट आफ्ना नागरिकको उद्धारका लागि चार्टर उडानको व्यवस्था गर्न लागेको अमेरिकी दूतावासले आइतबार जनाएको छ ।
राजधानी पोर्ट–ओ–प्रिन्सको मुख्य विमानस्थल अशान्तिका कारण बन्द रहेकाले हाइटीको दोस्रो ठूलो शहर क्याप–हाइटियनबाट आपतकालीन उडान हुनेछ ।
हाइटीस्थित अमेरिकी दूतावासले आफ्नो वेबसाइटमा पोस्ट गरेको सुरक्षा चेतावनीमा भनिएको छ, “क्याप–हाइटियनको सुरक्षा अवस्था स्थिर रहने ठानेर हामी क्याप–हाइटियनबाट संयुक्त राज्य अमेरिकामा अमेरिकी नागरिकका लागि चार्टर उडानको व्यवस्था गर्दैछौँ ।”
दूताबासका अनुसार क्याप–हाइटियनस्थित विमानस्थललाई उडानका आवश्यकता अनुसार समय समयमा खुला गरिएको छ । उद्धारका लागि कुनै मिति घोषणा गरिएको छैन र कति जना अमेरिकीहरू उडान भर्न सक्षम हुनेछन् भन्ने स्पष्ट बताइएको छैन ।
अमेरिकी दूतावासले पोर्ट–ओ–प्रिन्सदेखि क्याप–हाइटियनसम्मको करिब २०० किलोमिटर सडक मार्ग यात्राका लागि जोखिमपूर्ण’ भएको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई भनेको छ, “यदि तपाईं क्याप–हाइटियन विमानस्थलसम्म सुरक्षित रूपमा पुग्नसक्ने विश्वास लागेमा मात्र यात्रा तय गर्नुहोला ।”
अमेरिकाले गत आइतबार पोर्ट–ओ–प्रिन्सस्थित आफ्नो दूतावासबाट गैर–आवश्यक अमेरिकी कर्मचारीहरूलाई विमानमार्फत उद्धार गरेको थियो ।
सङ्कटका कारण अन्य धेरै देश र युरोपेली सङ्घले कूटनीतिक अधिकारीहरूलाई फिर्ता पठाएका छन् । संयुक्त राष्ट्रसङ्घले पनि अत्यावश्यक बाहेकका कर्मचारीलाई बाहिर निकाल्ने बताएको छ ।
हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले बुधबार छिमेकी डोमिनिकी गणतन्त्रबाट हाइटीका लागि ‘एयरब्रिज’ को व्यवस्था गर्ने घोषणा गरेको छ ।
अलोकप्रिय र अनिर्वाचित नेता प्रधानमन्त्री एरियल हेनरीलाई सत्ताच्युत गर्ने लक्ष्यका साथ सशस्त्र समूहले विगत दुई हप्तादेखि आक्रमण थालेपछि हाइटी विद्रोहको चपेटामा परेको छ ।
अमेरिका, संयुक्त राष्ट्रसङ्घ र क्यारेबियन प्रतिनिधिलगायत पक्षलाई एकै ठाउँमा ल्याउने आपतकालीन बैठकपछि हेनरी ले पद छोड्न सहमत हुनुभएको थियो ।
यसअघि शनिबार प्रहरीले कुख्यात गिरोहका नेता जिम्मी ‘बारबेक्यू’ चेरिजियरको नियन्त्रणमा रहेको पोर्ट–ओ–प्रिन्स इलाकामा बन्दुक जफत गर्नुका साथै अवरोध हटाएको अधिकारीहरूले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार