जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १२:३४:३३
५ चैत, काठमाडौं । सुन तस्करीमा संलग्न भनिएका चामल व्यापारी जीवन चलाउनेले विभिन्न माध्यमबाट सार्वजनिक गरेका अडियो–भिडियो सुन्दा उनी प्रहरी संगठनका उच्च अधिकारीहरूलाई नै आर्थिक प्रलोभनमा फनफनी घुमाउने कलाकारका रुपमा देखा परेका छन् । उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले उनकै भिडियो र अडियोलाई आधार मानेर चार जना प्रहरी अधिकृतलाई कारवाहीको सिफारिस गर्यो । जब उनको विभिन्न भिडियो अडियोहरू सार्वजनिक हुन थाले, त्यसपछि प्रहरीका अधिकांश उच्च अधिकारीहरू नै जीवन चलाउनेले खेलाउने पैसाको पछि दौडिएको देखियो । अझ रमाइलो कुरा त पूर्व गृहमन्त्रीदेखि अहिलेका गृहमन्त्री रवि लामिछानेसम्मलाई पनि उनले विभिन्न प्रलोभनमा पार्न खोजेका हुन कि वा प्रहरी संगठनका रहेका कर्मचारीहरूको विकृतिलाई खोतल्न खोजेका हुन भन्ने अन्योलता देखिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका प्रिय पात्रका रुपमा सीआईबी प्रवेश गरेका एआईजी श्याम ज्ञवाली कुनै बेला नारायणकाजी श्रेष्ठका प्रिय थिए । तर उनैमाथि व्यवसायी चलाउनेले आईजीपी बन्न दुई–तीन करोड मागेको गम्भीर आरोप लगाए । जुन आरोपमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरियो, जुन आरोपमा सीआईबीकै एसपी सञ्जय सिंह थापा र डीएसपीद्वय रुगम कुँवर तथा दुर्गा दाहाललाई सरुवा गरियो । उनीहरुलाई लागेको आरोपमा समेत थप पुष्टि हुने गरी एआईजी ज्ञवालीमाथि अर्को गम्भीर आरोप समेत लाग्यो ।
गम्भीर आरोप लागेका एआईजी ज्ञवालीलाई भने सीआईबीको कमाण्ड सम्हाल्न पठाइएको छ । आइतबारदेखि ज्ञवालीले सीआईबीको कार्यभार सम्हालेका छन् । चलाउनेले ताज व्याङक्वेटमा बसेर ज्ञवालीले आफूलाई आईजीपी बन्नका लागि २–३ करोड आवश्यक परेको भन्दै मागेको अडियोमार्फत सार्वजनिक गरेका छन् । उनले एआईजी ज्ञवालीले पैसा माग्ने बेलामा मदिरा उद्यमी तथा सूर्य चुरोटका उपाध्यक्ष व्यापारी रवि केसी पनि सँगै रहेको खुलाएका छन् ।
पछिल्लो पटक हामीलाई पठाएको अडियोमा रवि लामिछानेका व्यापारिक साझेदार गितेन्द्रबाबु उर्फ जीवी राईलाई बचाउने खेल रहेको आशंका समेत गरेका छन् । उनले दुई महिना अघि नै श्याम ज्ञवालीले सीआईबी जान लागेको प्रपञ्च गरेको बताएको तर आफ्नो कुरा कसैले पनि नपत्याएको समेत बताएका छन् । उनले आईजीपी वसन्त कुँवर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र उनका विश्वासपात्र सहयोगी रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोरालाई समेत जानकारी गराएको तथा त्यही कुरा सुन तस्करी जाँचबुझ आयोगलाई समेत बताएको दावी गरेका छन् ।
‘ नेपाल प्रहरीमा एआईजी ज्ञवाली सीआईबीमा आए भनेर म डराएको छैन, म जीवन चलाउने हुँ । श्याम ज्ञवाली सीआईबीमा गएर यस्तो आरोप लगायो भन्ने कुरा आयो तर म डराएको छैन । डराएको भए म मिडियामा आउने थिइन । उहाँ सँग मलाई कुनै डर छैन । मैले दुई महिना अघि नेपाल सरकारका आईजीपी, निवर्तमान गृहमन्त्री सीआईबी प्रमुख किरण बज्राचार्यलाई मेरो सम्पूर्ण कुरा भनेका थिए । मेरो कुरा कसैले सुनेनन् । यही कुरा मैले दुई महिना अघि भन्दा मलाई नेपालबाट भगाउने काम गर्यो । उताबाट फसाउने काम गर्यो’, उनले आफ्नो अडियोमा भनेका छन् ।
यसैगरी उनले “व्यापारिक सिलसिलामा दावा छिरिङ भन्नेसँग व्यापारिक कुरा गरेको र आफ्नो चामल, दाल, तेल, जिरा, धनियाँको कुरा गरेको हो । त्यही क्रममा चाइना खासातिर लैजान्छु भनेको थियो, त्यही क्रममा तिब्बतका, चाइनाका ठूला ठूला लगानीकर्ता छन्, सुनको काम गर्ने, हाइड्रो पावरमा काम गर्ने धेरै छन, नेपालमा लगानी गर्न चाहिरहेका छन् भन्दा ल हुन्छ त्यस्तो छ भने लिएर आउनुस् कुरा गरौंला भनेको हुँ” पनि बताएका छन् । ‘मैले एफडीआईबाट काम गर्न मिल्छ भनेको उनको दावी छ । लानु परो भनेर खुर्सानी अर्डर गर्यो ।
‘श्याम ज्ञवालीले चाहिँ आईजीपी बढुवा भन्दा अगाडि मसँग आईजीपी बन्नका लागि २-३ करोड पैसा चाहियो भनेको थियो’, उनले भनेका छन् । श्याम ज्ञवालीले आईजीपी बन्नको लागि २ करोड पैसा चाहियो भनेका थिए । उनले पैसा माग्न आफ्नै घरमा बोलाएका थिए,’ उनले दाबी गरेका छन् ‘म गएको थिएँ । मैले पैसा नदिएपछि उहाँ रिसाउनुभयो । सुन तस्करीमा मेरो नाम मुछ्ने नै उहाँ हो,’ उनले भनेका छन् ।
सुन तस्करीबारे अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय आयोगलाई समेत आफूले बयान दिँदा ती विषय उल्लेख गरेको उनले बताए । उनले दावासँगको सम्बन्धबारे बयान लिँदा पनि केही नदेखिएपछि छाडेको र पछि सीआईबीका डीएसपी दुर्गा दाहालले ६० लाख मागेको दाबी गरेका छन । ‘दुर्गा दाहालसहितको टोलीलाई सोर्हखुट्टेमा फेरि भेट भयो । रक्सी खाएको ६० हजारको बिल तिराए । उसले (दुर्गा) मलाई ६० लाख माग्यो । म सँग त त्यत्रो पैसा थिएन । उसले ३० लाख दिनु भन्याे। त्यो पनि सक्दिन भनेको हो’, उनले दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' विरुद्ध आज सिरिजको चौथो खेल खेल्दै नेपाल
बैशाख २०, २०८१ बिहिबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बैशाख २०, २०८१ बिहिबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार