चिनियाँ सुन तस्कर वाङलाई महराले गाडी खोजिएको खुलासा
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १४:५९:२७
५ चैत, काठमाडाैं । पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको खुलासा भएको छ । भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएको तथ्य खुलासा भएको हो ।
प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको स्रोतले जनाएको छ । वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको सीआईबीले जनाएको छ ।
रेनाेल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङको नाममा रहेको भेटिएको सीआईबीले जनाएको छ । सो गाडी कृष्णबहादुर महराले भनेर चिनियाँ वाङलाई दिएको अनुसन्धानमा तथ्य खुलेको बताइएको छ । सो गाडी जीवनकुमार गुरुङको नाममा रहेको अनुसन्धानबाट खुलेको छ । वाङ विगत १५ बर्षदेखि नेपालमै बस्दै आइरहेका अनुसन्धानबाट खुलेको छ ।
यसअघि सीआईबीले महराको बयान कागज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए ।
सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो । यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार