प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार २१:५७:१
५ चैत, इजराइल । महिलाको इन भिट्रो फर्टिलाइजेसन 'आइभीएफ' उद्देश्यका लागि आयात गरिएको निषेचित अण्डा आनुवंशिक हेमोफिलिया रोग लागेका दाताबाट आएको पाइएको छ । इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो ।
रगत जम्ने कारक तत्व आइएक्सको कमीका कारणले लाग्ने हेमोफिलिया बी रोगलाई क्रिसमस रोग पनि भनिन्छ । आइएक्स रगतमा रहेको प्रोटिन हो । यसले रगत जम्न मद्दत गर्दछ । यसको अभावमा हेमोफिलिया बी भएका मानिसमा चोटपटक वा शल्यक्रियापछि सामान्यभन्दा लामो समयसम्म रगत बग्छ ।
यी आनुवंशिक वाहकहरू भएका अण्डाबारे जानकारी दुवै विदेशी र इजराइली क्लिनिकका कर्मचारीलाई उपलब्ध रहेको आशङ्का गरिएको छ । यद्यपि भ्रूणहरू इजराइल भित्र्याइयो । निषेधित अण्डा इजराइली बिरामीहरूमा प्रत्यारोपण गरिएको थियो ।
यस विषय निर्क्योल गर्न सार्वजनिक सहायता आयुक्तले वकिल कार्यालय र इजराइली प्रहरीको सहकार्यमा एक निरीक्षण समितिको गठन गर्न आदेश दिनुभएको छ । स्वास्थ्य मन्त्रालयले हाल यस एकाइबाट अण्डा र उर्वर अण्डाहरूको आयातमा तत्काल रोक लगाएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले इजराइलका सबै आइभिएफ एकाइका प्रबन्धकलाई त्यस्ता अण्डा प्रयोग गर्ने महिला खोजी गरी उनीहरूलाई ती अण्डाको प्रयोगमा हुने जोखिमबारे जानकारी दिन आदेश दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार