११ खर्ब ३० अर्बको वैदेशिक व्यापार हुँदा ९ खर्ब २९ अर्बको घाटा, भन्सारबाट उठ्यो २ खर्ब ७० अर्ब राजश्व
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १४:३३:३१
६ चैत, काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्म देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आयात घटेसँगै व्यापार घाटा पनि घटेको हो ।
फागुन मसान्तसम्म व्यापार घाटा २.५२ प्रशितले घटेको छ । गत वर्षको फागुन मसान्तसम्म देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ थियो । उक्त अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ भने एक खर्ब ६१ करोड ७४ रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको तुलनामा आयातसँगै निर्यात पनि घटेको छ ।
गत वर्षको फागुन मसान्तसम्मको तुलनामा आयात २.६६ प्रतिशतले घटेको छ भने निर्यात ३.९९ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुनसम्म आयात आँकडा भने १० खर्ब नाघेको छ । आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म आइपुग्दा निर्यात १ खर्बमाथि देखिएको छ । साउनदेखि फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९÷८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो ।
गत आव फागुनसम्म १ खर्ब ४ अर्ब ७९ रुपैयाँको निर्यात भएको थियो । यस वर्ष निर्यात बजार प्रारम्भबाटै उत्साहजनक देखिएको छैन । त्यसो हुनुमा अघिल्ला वर्षहरूमा वनस्पति तेल तेस्रो मुलुकबाट नेपाल हुँदै ठूलो मात्रामा भारत भित्रिने गरेको थियो । तथ्यांक अनुसार फागुनसम्म आयात आँकडा भने १० खर्ब नाघेको छ । यो गत आव यसै अवधिको तुलनामा २.६६ प्रतिशत कम हो ।
अघिल्लो वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको तथ्यांकमा छ । फागुनमा मात्र १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यसले अर्थतन्त्र केही चलायमान हुन थालेको संकेत समेत गरेको छ ।
आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा घटेको अवस्था छ । तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड देखिएको छ । यो अघिल्लो आवको तुलनामा २.७८ प्रतिशत कम हो । अघिल्लो आवमा ११ खर्ब ६३ अर्ब १८ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो ।
आठ महिनामा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड देखिएको छ । यो अघिल्लो वर्ष यसै अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो । उक्त आवमा ९ खर्ब ५३ अर्ब रुपैयाँ व्यापार घाटा थियो । नेपालको कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ८.९० प्रतिशत र आयातको हिस्सा ९१.१० प्रतिशत रहेको देखिन्छ ।
आठ महिनामा नेपालले पेट्रोलियम पदार्थ आयातमा मात्र २ खर्ब १४ अर्ब २७ करोड बराबर वैदेशिक मुद्रा खर्च गरेको छ । यस तथ्यांक अनुसार नेपालको कुल निर्यात व्यापारले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था छ । पेट्रोलियम पदार्थमा नेपालले सबैभन्दा धेरै व्यापार घाटा बेहोरिरहेको अवस्था छ । आठ महिनामा आइरन र स्टिल ८६ अर्ब ८१ करोड बराबर आयात भएको छ ।
विद्युतीय सामग्री र यसका उपकरण आयातमा ६७ अर्ब ६९ करोड रुपैयाँ विदेशिएको छ । सवारीसाधन आयातमा ४८ अर्ब १० करोड रुपैयाँ विदेशिएको तथ्यांक छ । तरकारीजन्य वस्तु आयातमा २१ अर्ब २० करोड रुपैयाँ विदेशिएको तथ्यांक छ ।
तथ्यांक अनुसार भारतसँग सबैभन्दा धेरै व्यापार रहेको छ । आयात–निर्यात दुवैमा भारत अगाडि छ । व्यापार घाटाको ठूलो हिस्सा समेत भारतसँगै देखिन्छ । आठ महिनामा भारतबाट नेपालमा ६ खर्ब ३८ अर्ब रुपैयाँको सामान आयात भएको छ । नेपालबाट ६८ अर्ब ५१ करोड रुपैयाँको वस्तु भारतमा निर्यात भएको छ । भारतसँग ५ खर्ब ६९ अर्ब बराबर व्यापार घाटा रहेको देखिन्छ ।
उत्तरी छिमेकी चीनसँग १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । त्यहाँबाट १ खर्ब ९४ अर्बको वस्तु आयात भएको छ । चीनमा नेपालबाट भने १ अर्ब ९५ करोडको मात्र वस्तु निर्यात भएको छ । आठ महिनामा नेपालले १ सय ५८ भन्दा धेरै देशसँग व्यापार गरेको छ ।
आठ महिनामा सरकारले भन्सारबाट २ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । पेट्रोलियम पदार्थबाट सबैभन्दा धेरै राजस्व उठेको छ । यसबाट सरकारले ७६ अर्ब ४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । यस्तै आठ महिनामा १६ अर्बका ६ हजार ४९७ ईभी नेपाल आयात भएका छन् ।
आठ महिनामा ६ हजार ४९७ वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका हुन् । गत वर्षको यसै अवधिमा दुई हजार २०४ वटा विद्युतीय जीप, कार तथा भ्यान आयात भएका थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्म १५ अर्ब ९४ करोड १७ लाख ३५ हजार रुपैयाँका ईभी नेपाल भित्रिएका हुन् । यसबाट सरकारले सात अर्ब दुई करोड ५३ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन
बैशाख २४, २०८१ सोमबार
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
बैशाख २४, २०८१ सोमबार
न्युरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार