गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्छः कांग्रेस
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १४:५२:४६
६ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै छानबिन समिति गठनको माग गरेका हुन् ।
लेखकले संसद्मा प्रश्न उठाइएपछि मन्त्रीले राजीनामा दिएका चार उदाहरण प्रस्तुत गरेका छन् । जाहेरी परेकै आधारमा सदनमा प्रश्न गरिँदा मन्त्रीले राजीनामा दिनु नपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि उनले विगतका उदाहरण प्रस्तुत गरेका हुन् ।
‘प्रधानमन्त्रीजीले नेपाली कांग्रेस संसदीय अभ्यासको लामो अनुभव भएको बताउनुभयो । हामीलाई हाम्रो इतिहास स्मरण छ । मन्त्रीका विषयमा यो सदनमा विगतमा पनि प्रश्न उठेको छ । डा. रामशरण महतको विदेशी बैँकमा खाता छ, राजीनामा दिनुपर्छ भनेर संसद्मा आवाज उठ्यो, उहाँले राजीनामा दिनुभयो । शेरबहादुर तामाङको बोलीका विषयमा प्रश्न उठ्यो, उहाँले राजीनामा दिनुभएको छ । गोकुल बाँस्कोटा यही हुनुहुन्छ, उहाँको विषयमा प्रश्न उठेपछि राजीनामा दिनुभएको छ’, उनले भने ।
प्रश्न उठाइएकै कारण पछिल्लो पटक जनार्दन शर्माले राजीनामा दिएको उनले उल्लेख गरे । विगतमा अरू मन्त्रीका विषयमा पनि प्रश्न उठाइएपछि संसदीय छानबिन समिति गठन गरिएको उनले बताए । अहिले प्रधानमन्त्रीको दाबीका कारण पनि छानबिन समिति आवश्यक भएकामा उनले जोड दिए ।
भरतमोहन अधिकारीले बजेट ल्याउँदा कतिपय विषय बाहिरिएको भनेर संसदीय छानबिन समिति बनेको छ । विष्णु पौडेलको बजेटको सूचनाका विषयमा पनि प्रश्न उठेपछि संसदीय छानबिन समिति गठन गरिएको छ, लेखकले भने ।
‘एउटा छानबिन समिति गठन गरौँ, दूधको दूध पानीको पानी हुन्छ’, नेता लेखको माग छ । नेता लेखकले प्रधानमन्त्रीले लामिछानेलाई कारबाही गर्न प्रमाण नभएको भने पनि पर्याप्त प्रमाण रहेको दाबी समेत गरे । उनले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्न पर्याप्त प्रमाण भएको बताए ।
लामिछानेमाथि अनुसन्धान गर्नु नपर्ने प्रहरीको ब्रिफिङ रहेको प्रधानमन्त्रीले बताएपछि यस भनाइमा असन्तुष्टि जनाउँदै कांग्रेसले पर्याप्त प्रमाण भएको दाबी गरेको हो । प्रधानमन्त्रीलाई नै गलत जानकारी दिएको उनले बताए । ‘गलत सूचना प्राप्त हुँदैछ । प्रधानमन्त्रीजी नै अँध्यारोमा हुनुहुन्छ भने यो कुराको निष्पक्ष छानबिन होला, उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीजीले भन्नुभयो प्रमाण छैन । पोखरा महानगरले सूर्यदर्शन सहकारीबाट गोर्खा नेटवर्क प्रालिका नाममा रवि लामिछानेको नाममा पुलेसो कर्जा नम्बर ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेश्की फर्स्यौट गर्यो भनेर लेखेको यो प्रमाण होइन ? ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार