राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण
आबिद हुसेन
चैत ६, २०८० मंगलबार १७:३८:२४
६ चैत, वीरगञ्ज । १४ओैं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भई जितेको शील्ड वीरगञ्ज महानगरको टोलीले महानगरका मेयर राजेशमान सिंहलाई हस्तान्तरण गरेको छ ।
उपाधि विजेता महानगरको टोलीले प्रतियोगितामा एथ्लेटिक्स, कबड्डी, तेक्वान्दो, भलिबल तथा करातेका विभिन्न बिधा तथा समूहमा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा प्रतिस्पर्धा भएका मध्ये कराँतेतर्फ महानगरको टोलीले सबैभन्दा बढी १२ स्वर्ण पदक ,करातेतर्फ १० स्वर्ण र एथलेटिक्समा ८ स्वर्ण गरी ३२ स्वर्ण पदकका साथ पहिलो स्थान हासिल गरी रनिङशील्ड जितेको थियो।
उक्त रनिङ शील्ड मेयर सिंहलाई पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेश मान श्रेष्ठ, सितोरियो कराँते संघ पर्साका अध्यक्ष सन्तोष सर्राफ, राखेपका प्रशिक्षक नाजिर हुसेन लगायतको टोलीले हस्तान्तरण गरेको हो।
गएको वर्ष भएको १३ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि पनि वीरगन्ज महानगरले नै जितेको थियो । लगातार दोस्रो पटक प्रथम हुन सफल भएको भन्दै मेयर सिंहले प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकलाई बधाई दिँदै खेलकुदको विकासका लागि महानगरले बजेट नै छुट्याएर काम गरिरहेको बताए ।
खेल र खेलाडी दुवैको अवस्था सुधार्न आफू लागि परेको भन्दै सिंहले वीरगञ्जको नाम चिनाउने गरि प्रतिस्पर्धामा खरो उत्रन पनि खेलाडीहरूसँग आग्रह गरे।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार