आदर्शका गफ छाट्ने ठाकुरबाबा नगरपालिकामा छैन दमकल
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १७:५८:५७
•दीपक शर्मा
६ चैत, गुलरिया । बर्दिया र कैलालीको सीमानामा रहेको कर्णाली पुलमा करिब एक हप्ता अगाडि आगलागी भयो । धन्न कुनै मानवीय क्षति हुन पाएन, तर समयमै आगो नियन्त्रणमा आएको भए अन्य क्षति कम हुन्थ्यो ।
यस्तै केही दिन पहिले ठाकुर बाबा नगरपालिकास्थित एक घरमा आगलागी भयो, दुर्भाग्यवश एकजना मानिसको मृत्यु भयो । आगो नियन्त्रणमा लिन नसकेकै कारण ती मानिसको जलेर मृत्यु भयो । यी पछिल्लो पटक भएका प्रतिनिधि घटना हुन् ।
अब बेला हावा, हुरीबतास र आगलागीको सिजन शुरु भएको छ । यस्ता घटनामा कम क्षति हुनबाट जोगिन दमकलको आवश्यकता पर्दछ । तर बर्दियाको ठाकुर बाबा नगरपालिकाले एउटा दमकल समेत खरिद गरेको छैन । सो पालिकाले पालिका प्रमुख, कार्यालय प्रमुखदेखि अन्य पदमा रहेकाहरूको लागि सुविधायुक्त चारपाग्रे गाडी खरिद गरेको छ । त्यति मात्र होइन रोलरदेखि डोजरसम्म पनि खरिद गर्ने पालिकाले अत्यावश्यक दमकल भने खरिद नगर्दा पालिकाबासीले अकाल मै ज्यान गुमाउनु परेको छ भने भौतिक संरचनाको पनि ठूलो क्षति व्यहोरिरहेका छन ।
कर्णाली पुलमा लागेको आगो निभाउनका लागी सबैभन्दा नजिकको ठाकुर बाबा नगरपालिकाको दमकल भएको भए क्षति कम हुने थियो । पुर्वपश्चिम राजमार्ग सँगै रहेको पालिकाको कार्यालय कर्णाली पुलदेखि २२ किलोमिटर पूर्वतर्फ रहेको छ । पालिकामा दमकल नहुँदा कैलालीको लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र बर्दियाको मधुवन नगरपालिकाबाट दमकल जानुपर्ने अवस्था आइलाग्यो ।
नगर प्रमुख तिलकराम लम्साल आदर्शका गफ छाटन व्यस्त देखिन्छन् । त्यसमा हो मा हो मिलाउने काम प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले गर्दै आइरहेका छन् । पालिकालाई दमकलको एकदमै आवश्यकता छ भनेर स्थानीयले पटक पटक आग्रह गर्दा पनि कानमा तेल हालेर जिम्मेवार व्यक्तिहरू बसेको आरोप स्थानीयको छ ।
ठाकुर बाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले दमकल खरिद गर्नका लागि भर्खरै प्रकृया अगाडि बढेको बताए । आगलागी हुन्छ, दमकल चाहिन्छ भन्ने सामान्य सोच नभएका जनप्रतिनिधि र त्यसमा ताली ठोक्ने कर्मचारी भएपछि नगरको अवस्था कस्तो होला सोच्न पनि सकिदैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
कहिले सकिन्छ बुटवल नारायणगढ सडकको काम ?
बैशाख १६, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा छिर्यो सीआईबी, फर्जी लाइसेन्स बनाउने दुई जना प्रक्राउ
बैशाख १६, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै
बैशाख १६, २०८१ आइतबार
अर्जुन राज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
बैशाख १६, २०८१ आइतबार
मनसुन प्रतिकारसम्बन्धी उद्धार अभ्यास डेमोस्ट्रेस्न मनसुन-२
बैशाख १६, २०८१ आइतबार
तेस्रो लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी, ९ खर्बका १५१ परियोजना प्रस्तुत
बैशाख १६, २०८१ आइतबार