हङकङमा कडा सुरक्षा कानुन पारित, सरकारविरुद्ध विद्रोह गरे आजीवन कारावास
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १२:८:४४
७ चैत, हङकङ । हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून पारित भएको छ। हङकङले कडा सुरक्षा कानून पारित गरेसँगै नागरिकको स्वतन्त्रता हनन हुने बारेमा उतिकै चिन्ता व्यक्त गरिएको छ ।
अधिकारीहरूले स्थायित्वका लागि सो कानुन आवश्यक रहेको बताए पनि आलोचकहरूले भने सो कानुनले नागरिक स्वतन्त्रतालाई थप खलल पार्ने डर रहेको जनाएका छन ।
हालै पारित गरिएको धारा २३ सबन्धि कानुनले बाह्य हस्तक्षेप र विद्रोह जस्ता नयाँ अपराधहरूलाई लक्षित गरेको छ र पुष्टि भएमा दण्ड स्वरूप आजीवन कारावासको सजाय दिने बिषय समावेश गरिएको छ।
यो दुई हप्ता भन्दा कम समयमा बेइजिङ समर्थक संसदले अन्तिम चरणमा छिटो पारित गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएका छन् ।
धारा २३ ले विवादास्पद राष्ट्रिय सुरक्षा कानूनलाई पहिले चीनले लागु गरेको थियो । त्यो कानून अनुसार पहिले नै हङकङमा पृथकता, विध्वंस, आतंकवाद र विदेशी सेनासँग मिलेमतोलाई अपराधीकरण गरिसकेको छ ।
तर हङकङका नेता जोन लीले भनेका छन् कि धारा २३ सम्भावित तोडफोड र समस्याहरू सिर्जना गर्न खोज्ने अन्डरकरेन्टहरू बाट जोगाउन पनि आवश्यक छ । ‘विशेष गरी स्वतन्त्र हङकङको विचार राख्नेहरूलाई यसले नियन्त्रण र दण्डित गर्नेछ’ उनले भने । उनका अनुसार हङकङका जनताले यो कानुनका लागि २६ वर्षदेखि पर्खिरहेका थिए, जुन पारित भए पछि ऐतिहासिक क्षणको रूपमा लिइनेछ ।
चीनका उप प्रधानमन्त्री डिङ जुएजियाङले यसअघि नयाँ कानुनको द्रुत कार्यान्वयनले मूल राष्ट्रिय हितको रक्षा गर्ने र हङकङलाई आर्थिक विकासमा ध्यान केन्द्रित गर्न सहज हुने बताएका थिए ।
सरकारविरुद्ध असहमति जनाउनेहरूका विरुद्धमा यो कानुन ल्याइए पछि नयाँ बहस सुरू भएको छ । तर, यो कानूनको झन दुरुपयोग गरी अधिकार हनन पनि हुनसक्ने विज्ञहरूले बताएका छन । जस्तो कि २०२१ मा एक व्यक्तिले हङकङको स्वतन्त्रताको नारा लगाएका थिए, सोका लागि मोटरसाइकलमा झण्डा फहराएको, आतंकवाद र पृथकतावादको आरोपमा दोषी ठहर गरिएको थियो। त्यसपछि उनलाई करिब ९ वर्षको कठोर सजाय सुनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार