भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १२:२९:४९
७ चैत, भरतपुर 'चितवन' । चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशी टप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो ।
यसअघि गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका दुई पोथी गैँडालाई कोशीमा स्थानान्तरण गरिएको थियो । वन मन्त्रालयको निर्णयअनुसार एउटा भाले गैँडा कोशीटप्पु स्थानान्तरण गर्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार यसअघि स्थानान्तरण गरिएका पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो । निकुञ्जभित्र आन्तरिक स्थानान्तरण भइरहेका बेला कोशीटप्पुमा पनि एउटा गैँडा लैजान लागिएको उनले बताए । उनका अनुसार चैतभित्र गैँडा स्थानान्तरण गरिनेछ ।
“भाले गैँडा लगेपछि कोशीटप्पुमा प्रजनन प्रक्रिया सुरु हुन्छ”, उनले भने, “जति सक्दो छिटो वयस्क भाले गैँडा स्थानान्तरण गर्ने गरी तयारी गरिरहेका छौँ ।”
आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो । दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो । सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको थियो ।
हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ । पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् । अहिले चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरण चलिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मगरले निकुञ्जको पश्चिम क्षेत्रका गैँडा पूर्वतर्फ सारिँदै छ ।
हालसम्म तीन वटा गैँडा स्थानान्तरण गरिएको छ चितवन राष्ट्रिय निकुञ्जबाट सन् १९८६ सालदेखि यता एक सय दुई वटा गैँडा स्वदेशमा मात्र स्थानान्तरण गरिएको छ । यहाँबाट स्थानान्तरण भएका गैँडामध्ये ४५ वटा भाले र ५७ वटा पोथी छन् । त्यसमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैँडा लगिएको छ । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ वटा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार