प्रति तोला १ लाख २८ हजार नजिक पुग्यो सुनको मूल्य
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार ११:१२:२२
८ चैत्र, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलको १ लाख २८ हजार नजिक पुगेको छ । यो अहिले सम्मको नयाँ रेकर्ड हो । फागुन २७ गते १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको छापावाला सुनको मूल्यले बिहीबार उक्त रेकर्ड तोडेको हो ।
बिहीबार छापावाला सुनको मूल्य १ लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य आज एकैदिन प्रतितोला २६ सय रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य १ लाख २५ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदी १ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २०३ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार