पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १२:३४:५१
८ चैत, काठमाडौं । गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।
आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।
समाजका संरक्षक काठमाडाैं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढि अधिकृत कर्मचारीहरूको सहभागिता थियो ।
हाल जिल्ला भित्रका अधिकृतहरू संगठित रहेको समाजमा भविष्यमा अधिकृत भन्दा तलका सम्पूर्ण कर्मचारी समेत जोडेर वृहत् कर्मचारी समाज बनाउने समेत परिकल्पना गरिएको संस्थाका उपाध्यक्ष नारायण दत्त भण्डारीले बताए ।
सोही अवसरमा गठन भएको सो समाजको तदर्थ समितिको पदाधिकारीहरुमा अध्यक्ष गोविन्दराज आचार्य, आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्वर, उपाध्यक्ष नाराणय दत्त भण्डारी, सडक डिभिजन कार्यालय, काठमाडौं, उपाध्यक्ष नमुना कार्की दाहाल, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल सचिव दिपक कुमार के.सी, दक्षिणकाली नगरपालिका, काठमाडौं, सह–सचिव सुजन कुमारी बर्देवा, जिल्ला प्रशासन कार्यालय, काठमाडौं कोषाध्यक्ष लता महत, नागार्जुन नगरपालिका, काठमाडौं सदस्य भूमिराज भूसाल, को.ले.नि.का., सुन्धारा, सदस्य गीता पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काठमाडौं, सदस्य तिलक राज बोगटी, आन्तरिक राजश्व कार्यालय, ठमेल, सदस्य कुल प्रसाद पराजुली, प्रकाश दुलाल, नापी कार्यालय, मनमैजु, सदस्य अनुपम पौडेल, जिल्ला प्रशासन कार्यालय, काठमाडौं सदस्य खगेन्द्र सिंह धामी, सदस्य डुरदेव बराल, गोश्वरा हुलाक कार्यालय, डिल्लीबजार सदस्य शिवलाल गैहे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका छन् । दक्षिणकालीमा एक पिकनिक कार्यक्रमको समेत आयोजना गरि उक्त समिति गठन गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इलाममा ९ हजार ७ सय ४ मत खसेको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु
बैशाख १६, २०८१ आइतबार
आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
बैशाख १६, २०८१ आइतबार
जोली एलएलबी ३ को छायांकन राजस्थानमा हुने
बैशाख १६, २०८१ आइतबार
इराकी संसदले पारित गर्यो समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक
बैशाख १६, २०८१ आइतबार
वेस्ट इन्डिज ए ले टस जित्यो, पहिलो बलिङमा नेपाल
बैशाख १६, २०८१ आइतबार