प्रहरी हरेक विकट र विषम परिस्थितिमा कर्तव्य निर्वाहमा सदैव समर्पित हुनुपर्छ : आईजीपी कुँवर
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १३:८:१७
८ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी हरेक विषम परिस्थितिमा आफ्नो कर्तव्य निर्वाहमा सदैव समर्पित हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी स्मारक गुठीको ११औं वार्षिक साधारण सभामा बोल्दै आईजीपी कुँवरले मानवीय सभ्यता र विकास सँगसँगै प्रादुर्भाव भएको प्रहरी हरेक विकट र विषम परिस्थितिमा सुम्पिएको उत्तर दायित्व र कर्तव्य निर्वाहमा सदैव समर्पित रहनुपर्ने बताएका हुन् ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न स्मारक गुठीको ११औं वार्षिक साधारण सभामा बोल्दै आईजीपी कुँवरले कैयौं सदस्यको निःस्वार्थ बलिदान विषम पूर्ण घडीमा पनि अविचलित र दृढ रहन सक्ने इच्छा शक्तिको आधारशिलामा उभिएर नै नेपाल प्रहरीले आन्तरिक सुरक्षाको मेरुदण्डको रूपमा स्थापित हुन सफल रहेको उनले चर्चा गरे ।
प्रहरी महानिरीक्षक कुँवरले अमर अशक्त प्रहरी तथा आश्रित परिवारलाई सदैव साथ सहयोग होस् भन्ने भावनाले नै नेपाल प्रहरीको स्मारक गुठीको स्थापना भएको चर्चा गर्दै गुठीले नेपाल प्रहरीका अमर अशक्त तथा आश्रित प्रहरी परिवारसँग एकआपसमा बाँध्न सक्ने भूमिका निर्वाह गरेको, कर्तव्य पालनाको शिलशिलामा वीर र अमर प्रहरीले पुर्याएको योगदान सदा स्मरणीय भइरहेको उल्लेख गरे ।
अक्षयकोष लक्षित वर्ग प्रतिको सेवाप्रवाहमा थप कल्याणकारी योजना एवं सिर्जन शील कार्यक्रम ल्याउनुपर्ने बताउँदै लक्षित वर्गप्रति सेवा महसुस हुने गरी अक्षय कोषको परिचालन हुनुपर्नेमा उनले जोड दिए ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहोराले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी निरीक्षक विकास तामाङले नेपाल प्रहरी स्मारक गुठीको संशोधित विधानको प्रस्तुतीकरण गरेको ।
उक्त वार्षिक साधारण सभामा आगामी दिनमा अमर प्रहरीका परिवारलाई लक्षित गरी संचालन गर्न उपयुक्त हुने कल्याणकारी कार्यक्रम सम्बन्धि सुझाव संकलन, गुठीको संशोधित विधानको अनुमोदन तथा आर्थिक वर्ष २०७९/८० को खर्च विवरणको प्रस्तुति तथा अनुमोदन गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार