ठाकुरबाबा नगरपालिकाको अर्को बदमासी, अदालतको आदेश लत्यायो
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १०:१३:२६
•दीपक शर्मा
७ चैत, बर्दिया । नगर प्रहरी भर्तीदेखि एउटा दमकल समेत खरिद गर्न नसकेको ठाकुरबाबा पालिकाले पछिल्लो पटक अदालतको आदेशसमेत लत्याइदिएको पाइएको छ । ठाकुरबाबा नगरपालिका बाहिर जुन रुपमा देखिएको छ, त्यसका ठीक विपरीत भित्री रुप रहेको छ ।
भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको विरुद्ध बाहिर चर्को बहस गर्ने पालिका आफैं भ्रष्टाचार, ढिलासुस्ती तथा अनियमितताको अखडा बन्दै गएको छ । त्यति मात्र नभएर पछिल्लो पटक राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीलाई हटाउने काम गरेको नगर नेतृत्वले अदालतको आदेशलाई समेत लत्याइदिएको छ । विगत ८ वर्षदेखि नगरपालिकामा मेलमिलाप कर्ताका रूपमा कार्यरत राधा आचार्यलाई मेयर, उपमेयर तथा कार्यालय प्रमुखले फरक पार्टी भएको कारण चैत १ गतेबाट काम गर्न रोक लगाएका छन् ।
ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल नेपाली कांग्रेस र उपमेयर विना कुमारी भट्टराई एमालेका हुन् । हाजिर हुनबाट रोकिएकी कर्मचारी राधा भने माओवादी केन्द्रको नगर कमिटी अध्यक्ष नेत्रराज आचार्यकी पत्नी हुन् ।
२०८० साउन २७ गते सम्पूर्ण मेलमिलाप कर्ताको करार नवीकरण नगर्ने निर्णय भएपछि राधाले उच्च अदालत नेपालगञ्जमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतको अन्तरिम आदेशपछि उनले २०८१ असार ३० सम्मका लागि करार नवीकरण प्राप्त गरिन् ।
अदालतले माघ १० गते सो प्रकरणमा आदेश गर्दै उक्त पदमा लोक सेवा आयोगबाट स्थायी नियुक्ति नहुँदासम्म करारका कर्मचारीलाई नहटाउन भनेको छ । तर ठाकुरबाबा नगरपालिकाले अदालतको आदेशलाई समेत लत्याइदिएको छ । अब यस्तो अवस्थामा पालिकाबाट नगरवासीले के अपेक्षा गर्ने ? नगरवासीले प्रश्न खडा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
बाँकेका एक हजार पाँच सय ८८ बालबालिका कुपोषणका फेला
पुष १०, २०८१ बुधबार
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
पुष ९, २०८१ मंगलबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार