एक व्यक्ति दुई वित्तीय संस्थाको सञ्चालक हुन नपाउने विधेयक संसदमा दर्ता
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १५:१७:३०
८ चैत, काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गरी एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने गरी विधेयक दर्ता गराएको छ ।
अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गरी यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेको हो । प्रचलित ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा वित्तीय संस्थामा संचालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा संचालन हुन सक्ने व्यवस्था छ ।
कुनै बैंक वा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन भने यस व्यवस्थाले बाधा नपुर्याएने उल्लेख छ । यो व्यवस्थालाई पुरै हटाउने प्रस्ताव अर्थमन्त्रालयको छ ।
प्रस्तावित विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । प्रस्तावित संशोधन प्रस्तावलाई संसदले स्वीकार गरेको खण्डमा अब एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार