सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १७:२०:६
८ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको एक चरणको बयान सकिएको जनाएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबार र बिहीबार महरासँग बयान लिइएको थियो । महराले सुन प्रकरणमा आफू निर्दोश रहेको बयान दिएका छन् ।
भन्सारमा अड्किएको इलेक्ट्रिक सिगरेट–भेप छुटाउन महराको मोबाइलबाट फोन गएको देखिएपछि उनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने भएपनि सीआईबीले त्यतिबेला ल्याएको थिएन । यही प्रकरणमा महराका छोरा राहुल यसअघि नै पक्राउ परेर हाल पुर्पक्षका लागि थुनामा छन् ।
महरा चैत ५ गते कपिलबस्तुबाट पक्राउ परेका थिए । उनको स्वास्थ्य अवस्थालाई ध्यान दिन र उपचारको व्यवस्था मिलाउन अदालतले भनेपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ । प्रहरीले बयानका लागि ल्याउने र त्यसपछि अस्पताल पुर्याउने काम गरिरहेको छ ।
महराले सुन प्रकरणमा आफ्नो संलग्ना अस्वीकार गरेका छन् । बिहीबार सरकारी वकिल कार्यालयमा भएको बयानमा उनले संलग्नता अस्वीकार गरे । सीआईबीले आज पनि बयान लिइएको थियो । सरकारी वकिलको कार्यालयका एक अधिकृतले एक चरणको बयानको काम सकिएको र अब थप आवश्यक प्रक्रिया सीआईबीले अघि बढाउने बताए ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उनलाई बयान कागज गरेर मात्रै छाडेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार