प्रतिद्वन्द्वी समुदायबीचको झडपमा ४२ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १७:५१:२०
८ चैत, इन्जमेना । पूर्वी चाडमा दुई समुदायबीचको झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार बताएको छ । यस मुलुकको मरुभूमि क्षेत्र प्राय जमिन विवादले ग्रस्त छ ।
मन्त्रालयले झडपमा को सामेल थियो वा कति समयसम्म झडप भयो भन्नेबारै ठ्याक्कै बताएन तर यस क्षेत्रमा नियमित रूपमा बसेका किसानहरू र फिरन्ते गोठाला वा अन्य समूहबीच जमिनलाई लिएर झडप भएको देखिन्छ ।
झडपका कारण घटनास्थलबाट एक सय ७५ जनालाई पक्राउ गरिएको एक विज्ञप्तिमा जनाइएको छ । झडपका क्रममा ओउद्दाई प्रान्तको टिलेगुए गाउँको ‘ठूलो भाग’ लाई हतियारधारी मानिसहरूले आगो लगाएका थिए ।
सार्वजनिक सुरक्षामन्त्री जनरल महामत चारफडाइन मार्गुईले टेलिफोनमा भन्नुभयो, “स्थिति नियन्त्रणमा छ तर विभिन्न पक्षबीच मेलमिलाप गराउने प्रयास गरिरहेको छु ।” घटनाबारे ‘प्रकाश पार्ने’ उद्देश्यले सरकार र सेनाका सदस्यहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री घटनास्थलमा थिए ।
किसानहरूले गोठालाहरूमाथि आफ्नो जमिनमा पशुवस्तुलाई चराउन वा बाली कुल्चन दिन अनुमति दिएको आरोप लगाउँदा अधिकांश बासिन्दा सशस्त्र रहेको पूर्वी र दक्षिणी चाडमा प्राय झडपहरू भइरहन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार