१५ लाख मुल्य बराबरको भन्सार छलीका सामग्री बरामद
आबिद हुसेन
चैत ९, २०८० शुक्रबार ९:२५:५८
९ चैत, वीरगन्ज वडा प्रहरी कार्यालय विर्ताले भन्सार छली चोरी पैठारी ल्याइएका सामग्री बरामद गरेको छ । सीमावर्ती भारतीय बजारबाट भन्सार राजस्व छली चोरी पैठारी गरी वीरगन्जतर्फ ल्याउँदै गरेको कपडा, चकलेट र प्याज प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय बिर्ताको टोलीले वीरगन्जको नगवा, भिस्वा लगायतका क्षेत्रबाट करिब १५ लाख मूल्य रुपैयाँ बराबरको भन्सार छली गरी भित्र्याइएको कपडा, चकलेट र प्याज बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरी निरीक्षक बोगटीका अनुसार बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार