प्रदेश भागबन्डा मिलाउन ओली पुगे सिंहदरबार
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १४:४३:१४
९ चैत, काठमाडौं । संघीय सरकार बनेपछि प्रदेशको भागबण्डा मिलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कसरतमा जुटेका छन् । भरसक चार वटा प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउने पक्षमा ओली देखिएका छन् । यसबारे छलफलका लागि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच प्रदेश सरकारको नेतृत्का विषयमा छलफल चलेको छ । केन्द्रमा नयाँ गठबन्धन बनाएका माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुन बाँकी छ । दुई नेताको भेटमा यो सहितका विषयमा कुराकानी भएको छ ।
सिंहदबारमा जारी दुई नेताबिचको छलफलमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
फागुन २१ मा नयाँ गठबन्धन बनेर एमाले सत्ता सहयात्री भएपछि प्रचण्ड र अध्यक्षबिचको भेटघाट र छलफल बाक्लिँदै आएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई समेत मोर्चामा सहभागी गराउनेबारे छलफल भएको थियो ।
सो छलफलले अध्यक्ष ओलीसँग प्रचण्ड र नेता माधव नेपालले कुराकानी गर्ने निर्णय गरेको थियो । त्यसअघि बिहीबार बेलुका नेकपा महासचिव विप्लव र नेता प्रकाण्ड ओली निवास बालकोट पुगेर २ घण्टा छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार