महरामाथि राजनीति कि सुन तस्करीलाई बैधता ?
नेपालबहस संवाददाता
चैत १०, २०८० शनिबार १२:५५:५४
१० चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेपछि सानालाई कानुन ठूलालाई सहुलियत भन्ने प्रश्न उठेको छ । स्वास्थ्य अवस्था नाजुक भएका कारण जिल्ला सरकारी वकिल कार्यालयमार्फत बाहिरै राखेर मुद्दा अघि बढाइने गरी महरालाई रिहा गरिएपछि यस्तो प्रश्न उठेको हो ।
प्रहरीले बोलाएको बेला उपस्थित हुने गरी रिहा गरिएका महरालाई उनका जेठा छोरा निर्मलको जिम्मा लगाइएको थियो । उनी माथिको अनुसन्धान भने जारी रहने बताइएको भएपनि अदालतमा नपुर्याइ छाडिएको हाजिर जमानीले ठूलालाई हेर्ने कानुनी आँखा र सर्वसाधारणलाई हेर्ने कानुनी आँखा बेग्लै रहेको पुष्टि गर्दछ ।
मुटु, घाँटी, मष्तिष्कसहित विभिन्न रोगबाट ग्रस्त देखिएको भन्दै अदालतले नै उपचार गराउन आदेश दिएकाले हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउने गरी सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयलाई आग्रह गरेको थियो । महरालाई सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सोमबार रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि काठमाडौं ल्याएर हिरासतमा राखिएका उनलाई सीआईबी र सरकारी वकिलको कार्यालयले बयान लिएका थिए । बयान सकिएसँगै आजै उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो । ‘यही प्रकरणमा एउटा सर्वसाधारण परेको भए यस्तै छुटकारा पाउँथ्यो र ’, एक प्रहरी अधिकारीले भने ‘उहाँको हकमा माथिकै आदेशले काम गरेको छ ।’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महरा पक्राउ गर्न दौडधूप गरेका थिए ।
उनले प्रधानमन्त्रीदेखि माओवादीका नेताहरूलाई समेत दबाबमा राखेका थिए । तर प्रहरीकाे अनुसन्धानबाट केही पनि नभेटिएको भन्दै छाड्नु पर्ने अवस्था सिर्जना भएपनि उनी समेत चुपचाप रहेका छन् । ‘सुन तस्करलाई पक्राउ गर्नकै लागि भनेर सीआईबीको टीम परिवर्तन गरिएको थियो’, स्रोतले भन्यो ‘सोचेजस्तो उपलब्धि हुने अवस्था छैन ।’
गत २०७९ पुस १० मा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करीमा संलग्न चिनियाँ समूहसँग सम्बन्ध देखिए पनि उन्मुक्ति पाएको भन्दै जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको भएपनि यसअघि सीआईबीले गरेको अनुसन्धानकै आधारमा अरु थप प्रमाण नजुटाइ छाडिदिएको छ । महराको संलग्नताबारे अनुसन्धानपछि मात्रै मुद्दाको टुंगो लाग्ने बताइए पनि प्रमाण नष्ट हुने अवस्था नदेखिएकाले छाडेको भन्दै आरोपबाट छुटकारा दिने रणनीति अनुसार छाडिएको स्रोतले जनाएको छ ।
पहिले नै महराको कमजोर स्वास्थ्य अवस्था थाहा पाएका प्रधानमन्त्री पुष्पकमल दाहालले नै पक्राउ र रिहा दुवैमा भूमिका खेलेपछि प्रहरी अधिकारीहरू दबाबमा परेका थिए । महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको थियो । प्रहरीले बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ र सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको स्रोतले जनाएको छ ।
२०७९ पुसमा बरामद ई–सिगरेट (भेप) मा ल्याइएको तस्करीको सुन र गत साउनमा बरामद ६१ किलो तस्करीको सुनका विषयमा छानबिन गर्न सरकारले उच्च अदालतका न्यायाधीश आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो । गत साउनमा हङकङबाट 'ब्रेक सु' मा लुकाएर ल्याइएको ६१ किलो सुन विमानस्थलबाट भन्सार पास भई बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको थियो ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड– ०५८७ बाट नेपाल आएका चिनियाँ ली हानसोङले लगेजमा राखी ई–सिगरेट (भेप) भित्र करिब नौ किलो जति सुन लुकाएर ल्याएका थिए । विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्था उक्त भेप गायब पारिएको थियो । त्यही भेप मार्फत ल्याएको सुनलाई छाड्न महरा र उनका छोरा राहुल महराले ताकेता गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । सोही प्रतिवेदनलाई आधार मान्दै यसअघि सीआईबीले राहुल महरा पक्राउ गर्दा बाबु कृष्णबहादुर महरासँग पनि बयान लिएको थियो । त्यसक्रममा उनले चिनियाँ नागरिकले सुन ल्याएको भन्ने जानकारी नभएको र तस्करीको सुन छाड्न कुनै पनि प्रकारको दबाब नदिएको भन्दै सीआईबीकाे बयानमा अस्वीकार गरेका थिए । अहिले पनि सोही प्रकारको बयान दिएको सीआईबीले जनाएको छ ।
महराले सीआईबीसँगको बयानमा आफूलाई टीबी, युरिक एसिड र प्रोस्टेटको विरामी भएकाले नियमित औषधि सेवन गरिरहेको उल्लेख गरेका छन् । उपचारका लागि भन्दै महरा नर्भिक अस्पताल भर्ना भएका थिए महरालाई अस्पतालबाट सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइएको थियो । सीआईबीले उनको दुई दिन बयान लिएको थियो । उनको सरकारी वकिलको कार्यालयमा बयान सुरु गरेपछि विरामी रहेको बताएका थिए । उनले बयानको क्रममा चिनिया दावाजिन वाङसँग चिनजान रहेको त र आफूले कहिल्यै पनि तस्करीको बारेमा कुराकानी नगरेको पनि दावी गरेका थिए ।
यो कुरा यसअघि सीआईबी र सुन आयोगलाई दिएको बयानमा समेत उल्लेख गरेका थिए । बयानका क्रममा उनले आफूले चिनियाँ नागरिक दावाजिन वाङलाई फलफूल व्यवसायीका रुपमा मात्र चिनेको दाबी गरेका छन् । हाइड्रोपावर परियोजनाका कर्मचारीका लागि ल्याएको भेप जफत भएको भन्दै वाङले खबर गरेपछि आफूले तत्कालीन भन्सार प्रमुख प्रशासकलाई फोन गरेर बुझेको उनले बताएका थिए् । कानून बमोजिम के गर्न मिल्छ, हेरिदिनु होला भनेर मात्र भनेको हो’, उनले भनेका छन्, ‘वाङसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्थ्यो, सुनबारे निजसँग कुरै कुराकानी भएको थिएन,’ महराले अहिलेको बयानमा भनेका छन् ।
जुन कुरा यसअघिको बयानमा पनि उल्लेख गरेका थिए । सीआईबीले भेप प्रकरणमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर विमानस्थल भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएको खुल्न आएको उल्लेख छ । यसअघि यति धेरै प्रमाण जुटाएको सीआईबीले भने पक्राउ गरेर पनि यसअघि प्रतिवादी बनाउन सकेको थिएन । अहिले पनि सरकारी वकिल कार्यालयबाटै छाडिदिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार
चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाव विजयी
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार