एमालेका तीन मन्त्री थपेर मधेशमा मन्त्रिपरिषद विस्तार
नेपालबहस संवाददाता
चैत १०, २०८० शनिबार १८:१५:५५
१० चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
शनिबार पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृतिमन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गरेका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन् ।
यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् । शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।
नेपाली कांग्रेस–माओवादी–जसपा गठबन्धन भत्किएरका नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए । त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो । जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार