चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
नेपालबहस संवाददाता
चैत ११, २०८० आइतबार ११:१५:२८
११ चैत, काठमाडौं । विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । पछिल्लो क्षयरोग निवारण गरिब राष्ट्रहरू मात्रै नभइ सार्क क्षेत्रकै चुनौती बनेको छ । सार्क मुलुकहरूले सन् २०३० सम्ममा बर्सेनि थपिने क्षयारोगीको संख्या ८० प्रतिशतले र क्षयरोगका कारण हुने मृत्यु ९० प्रतिशतले घटाउने लक्ष्य राखेका छन् । तर, अधिकांश बिरामी रोग निदान र उपचारभन्दा बाहिर रहेकाले यो लक्ष्य भेटाउन कठिन हुने विज्ञहरू बताउँछन् ।
नेपालमा हाल ७० हजार जनसंख्यामा क्षयरोग भएको अनुमान छ । तर, तीमध्ये ३७ हजार ४४७ जना मात्रै पहिचान भएको ४६.५ प्रतिशत अझै उपचारबाहिर रहेको सेभ द चिल्ड्रेनका सिनियर टेक्निकल एड्भाइजर डा. आशिष श्रेष्ठ बताउँछन् ।
पहिचान र उपचारमा ‘ग्याप’ हुनुमा सामाजिक लाञ्छनाका कारण बिरामी खुलेर बाहिर आउन नसक्नु नै रहेको उनको भनाइ छ । भारतमा क्षयरोगका बिरामीको संख्या २४ लाख रहेको र त्यसमध्ये ४४ प्रतिशत क्षयरोगी अझै उपचारको दायराभन्दा बाहिर रहेको तथ्यांक छ ।
बंगलादेशमा प्रतिवर्ष एकलाख जनसंख्यामध्ये २५ जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ । त्यहाँ प्रत्येक वर्ष एक लाखमध्ये २६० जनामा क्षयरोग पहिचान हुने गरेको बार्क बंगलादेशकी सरुवारोग कार्यक्रम निर्देशक डा. सायला इस्लामले बताइन् । क्षयरोग पहिचान र उपचारमा ठूलो संख्या छुट्नु नै सार्क क्षेत्रमा क्षयरोग निवारणका निम्ति मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ ।
कसरी सर्छ यो रोग ?
सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई सर्न सक्ने डा. बम बताउँछन् । श्वासप्रश्वासबाट कणहरू हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने उनले सुनाए । ‘कुनै व्यक्तिलाई फोक्सोको टीबी छ भने त्यो व्यक्तिले जहाँ–जहाँ थुक्छ, त्यहाँ–त्यहाँ टीबीको कीटाणु हुन्छ,’ उनले भने, ‘हावाको मध्यमबाट त्यो कीटाणु अरूलाई सर्छ ।’
क्षयरोगले शरीरको अङ्गमध्ये सबैभन्दा बढी फोक्सोमा सङ्क्रमण गर्ने उनले बताए । उपचार नपाएमा शरीरको अरू अङ्गमा पनि सर्न सक्ने उनले उल्लेख गरे । फोक्सोबाहेक शरीरको अन्य भागमा ग्रन्थि, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन, छाला, आँखा र टाउको आदिमा पनि टीबीले सङ्क्रमण हुने उनले उल्लेख गरे ।
क्षयरोगको लक्षण अङ्ग अनुसार फरक हुन्छ । तर सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने डा. बमले बताए । ‘खोकी लाग्ने, रगत आउने यो पछिको लक्षण हो ।’ उनले भने, ‘फोक्सोको क्षयरोग भएमा खोकी लाग्ने, दिमागको क्षयरोग भएमा टाउको दुख्ने, पेटको टीबी भएमा दिसा लाग्ने होला, पेट दुख्ने होला, दुब्लाउँदै जाने होला, त्यस कारणले क्षयरोग कुन अङ्गमा सङ्क्रमण गरेको हुन्छ, सो अनुसार फरक लक्षण हुन्छ ।’
क्षयरोगको उपचार ?
क्षयरोग लागेको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार–रगत परीक्षण गर्न सकिन्छ । क्षयरोगको उपचार गरेमा ९५ प्रतिशत निको हुने उनले सुनाए । ‘क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ,’ उनले भने, ‘उपचार अवधि भने सङ्क्रमित अङ्ग, रोगको प्रकृति हेरी फरक हुन्छ । समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्यधिक हुन्छ ।’
नेपाल सरकारले ७७ जिल्लामा समुदाय स्तरका स्वास्थ्य चौकी, अस्पताल, स्वास्थ्य क्षेत्रका युनिभर्सिटी लगायतमा निःशुल्क औषधि पाइने डा. बमले बताए । ‘बालबालिकादेखि वृद्धसम्मका लागि औषधि निःशुल्क छ,’ उनले भने ।
औषधी खाएर आफूलाई ठिक भएको महसुस गर्ने बित्तिकै बिचमै औषधी छाड्ने पनि गरेको देखिन्छ । तर त्यसो गर्नले केही समयको लागि निको भएको जस्तो भए पनि पछि जटिल समस्या देखा पर्ने उल्लेख गरे । ‘शरीरको भित्री भागमा भएको ब्याक्टेरिया नास भैसकेको हुँदैन । त्यसको परिणामस्वरूप झन् कीटाणुहरू एन्टीबायोटिकविरुद्ध बलियो भएर आउँछ,’ उनले भने, ‘प्रयोग गरिरहेको औषधीले समेत काम नगर्ने हुन्छ । त्यस्ता बिरामीको लागि लामो समयसम्मका लागि कडा औषधी चलाउन पर्ने अवस्था सृजना हुन्छ ।’
क्षयरोगका बिरामीले औषधि कति समय खानुपर्छ ?
सरकारले क्षयरोग लागेका बिरामीलाई पूरा मात्रामा औषधिहरू निःशुल्क वितरण गर्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी यी औषधि नियमित रूपमा बिचमा नछुटाई ६ देखि ८ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने उनले सुनाए । औषधि खाँदै गर्दा बिचमा छोडेमा जटिल समस्या आउन सक्ने उनले सुनाए । सुर्तीजन्य पदार्थ, लागु औषध वा पदार्थ र मादक पदार्थ सेवन गर्नु नहुने उनले सुझाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार
लगानीकर्ताको स्वागतमा काठमाडौं
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन आइतबारदेखि सुरु, ५५ देशका लगानीकर्ता आउँदै
बैशाख १५, २०८१ शनिबार
समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !
बैशाख १५, २०८१ शनिबार
अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा
बैशाख १५, २०८१ शनिबार