आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार १४:२१:३०
१२ चैत, काठमाडौं । देखावटी र राजनीतिक व्यवहारमा हेर्ने हो भने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच यतिबेला द्वन्द्व छ । कांग्रेसका केही नेताले रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा आरोपित गरिरहेका छन् । प्रतिनिधिसभामा लामिछानेको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्नेसम्मको धम्की कांग्रेसका नेताहरूले दिइरहेका छन् । प्रतिउत्तरमा ठाउँ पाएसम्म लामिछानेले पनि जवाफ फर्काएकै छन् ।
तर यो लडाई संस्थागत भने देखिएको छैन । कांग्रेसकाे संस्थापन पक्षका माथिल्लो तहका नेता र स्वयंम सभापति शेरबहादुर देउवा रविप्रति अति नै नरम छन् । संस्थापन इतर समूहका वरिष्ठ नेता डा. शेखर कोइरालाले पनि शनिवार एउटा कार्यक्रममा सहकारीको प्रश्न उठेकाले अहिले राजीनामा दिएर छानविन सकिएपछि फेरी मन्त्री बन्दा राम्रो हुन्छ भनेर सुझाव दिए । तर, राजनीतिक सतहमा हुने विश्लेषणले भने यी दुई दलबीच निकै ठूलो द्वन्द्व भएको देखाइरहेको छ ।
आखिर के हो त कांग्रेस र रास्वपा बीचको द्वन्द्व ? नेपाली कांग्रेसका एक पदाधिकारी तहका नेता र अर्का एक राजनीतिक विश्लेषकले नेपालबहसले राखेको यो जिज्ञासामा फरक ढंगले अर्थ्याए । कांग्रेसका ती पदाधिकारी भन्छन्,‘ केपी ओलीको मुखबाट सत्ता फुत्काउने समयदेखि निर्वाचन हुँदै यहाँसम्म साथ लिएर आएको कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिने भएपछि उनलाई पनि प्रधानमन्त्रीबाट लखेट्नुपर्छ भन्ने सोच कांग्रेसले बनाएकै हो ।’ कांग्रेस नेतृत्वले सत्ता समीकरण फेरिँदैछ भन्ने कुरा ढिला गरी थाहा भएकाले कांग्रेस चुक्नुपरेको उनले बताए ।
अहिले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अफर कांग्रेसबाट कसले गर्यो भन्ने प्रश्नकाे बहस बजारमा छ । ती पदाधिकारीका अनुसार कांग्रेस सभापति देउवा र रवि लामिछानेबीच यो विषयमा लामै समय बुढानीलकण्ठमा छलफल भएको हो । फागुन २० गते आइतबार लञ्चसहितको मिटिङमा देउवाले बोलाएपछि रवि बुढानीलकण्ठ निवास पुगेका थिए । त्यहाँ देउवाले बामपन्थी इतर सरकारको नेतृत्व गर्न रविलाई आग्रह गरेका थिए । प्रचण्डले तपाईँलाई पनि धोका दिनेछन् । अहिले बामपन्थी इतरको सरकार बन्ने सम्भावना छ । म मिलाउँछु, तपाई अगाडि बढ्नुस्, ति पदाधिकारीको भनाइमा देउवाको भनाइ थियो यो । तर, रविले म उतापट्टि निकै अगाडि बढिसके, अब बीच बाटाेबाट फिर्ता हुन सक्दिन भनेका थिए ।
देउवाले रविलाई बामपन्थी इतर सरकारको नेतृत्व गर्न आग्रह गर्दा रविले भनेका थिए, ‘अहिले म उहाँहरूसँग निकै अगाडि गइसके । अब म फर्किँदा राजनीतिक बेइमानी हुन्छ । म फर्किँदा बामपन्थी इतरको सरकार बन्न सक्छ भन्ने अहिले ग्यारेन्टी पनि छैन । अहिले म उतै जान्छु । यदि तपाईँले बामपन्थी इतर दल मिलाएर सरकार बन्ने अवस्था बनाउनु भयो भने त्यो दिन तपाइको बचन पुरा गर्न म तयार छु । त्यो समय आएपछि मलाई फोन मात्र गर्दा हुन्छ । अहिले तपाई आफ्नो ढंगले तयारी गर्दै गर्नुस्, म हाललाई तपाइको प्रस्ताव भन्दा धेरै अगाडि पुगेकाले फिर्कन सक्दिन ।’
पछि देउवालाई के भयो भनेर सोध्दा रवि मानेनन् भन्ने जवाफ पदाधिकारी सदस्यहरूलाई दिएका थिए । त्यसपछि कांग्रेसबाट रविलाई प्रधानमन्त्री बन्ने प्रस्ताव कसले गर्यो भन्ने मै राजनीति चल्न थाल्यो । यही कांग्रेसले रविलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेकै हो भने पनि अहिले रविसँग कांग्रेस डराउनुपर्ने कारण के भन्ने प्रश्नमा ति पदाधिकारीले भने, ‘अहिले उसँग दुश्मनी गर्नु पर्ने कारण केही छैन । सहकारीको विषय राजनीतिक हो भन्ने बारेमा रवि र कांग्रेस सभापति देउवाको सहमति भएपनि खास विषय अर्कै छ । खासमा रविले देउवाको भ्रष्ट समुहलाई प्रहार नगर्ने र देउवाले पनि रविलाई सहकारी ठगी प्रकरणमा खेदो नखन्ने दुई नेताबीच सहमति भएको ती पदाधिकारीको भनाई थियो ।
उनको भनाइमा कांग्रेस सभापति देउवा र रास्वपा बीच अर्काे अति गोप्य सहमति पनि छ । त्यो सहमति भनेको कांग्रेसले बामपन्थी इतरकाे सरकार बनाउने पहललाई कायमै राख्नेछ । तत्काल नभएपनि यो कालान्तरमा गएर हुने नै कुरा हो । नेकपा एकीकृत समाजवादी पनि यो विषयमा पर्ख र हेरकै अवस्थामा छ । उपेन्द्र यादव र नागरिक उन्मुक्तिले पनि त्यो बेला साथ दिने भनेका छन् । बामपन्थी इतर सरकार बनाउन कांग्रेसका ८६ सीट, रास्वपा २१ सीट, राप्रपा, १४ सीट, जसपा १२ सीट, जनमत पार्टी ६ सीट, लोसपा ४ सीट, र नागरिक उन्मुक्ति पार्टी ३ सीट भएको उनले विवरण दिए । राप्रपा र माधव नेपालमध्ये एक मिलाउँदा रविलाई प्रधानमन्त्री बनाएर प्रचण्डलाई हटाउन सकिने उनले बताए ।
यो अंक गणितमा कांग्रेस प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन प्रयासरत रहेकाले पनि रवि लामिछानेलाई नचिढ्याउने पक्षमा कांग्रेस छ । रविले साथ दिँदा माओवादी बिनाको सरकार बनाउन सकिन्छ भन्ने कांग्रेस सभापति देउवाको आशा र प्रयास हो । यसैले कांग्रेसले संस्थागत रुपमा रविको विरोध गर्ने नीति लिएको छैन भने माथिल्लो तहका कुनै पनि नेताहरु उ विरुद्ध बोलेका छैनन् । रविले जति चर्को रुपमा विरोध गर्दा पनि महामन्त्री गगन थापाले समेत जवाफ फर्काएका छैनन् । तर, बाहिरबाट हेर्दा रविसँग कांग्रेस किन डरायो भन्ने प्रश्न पनि उठेको छ ।
यी कांग्रेस र रास्वपा बीचमा अहिलेका आन्तरिक र गोप्य कुरा हुन् । कांग्रेस बामपन्थी इतर सरकार बनाउन सक्ने अवस्थामा पुगेका बेला त्यो सरकारको नेतृत्वले रविले गर्नेछन् । बाहिरी रुपमा रविले जति कांग्रेसको विरोध गरे पनि आन्तरिक रुपमा भने उनी पनि छोटो समयमा प्रधानमन्त्री बन्न पाइन्छ कि भन्ने आसमा भरसक कांग्रेसका नेताले सहकारीको विषय उठाएर संसदमा विरोध नगरुन भन्ने चाहन्छन् । तर, देउवा र रवि बीच भएका कुरा वा सहमतिबारे कांग्रेसकै पदाधिकारी तहका नेता र रास्वपाका पनि माथिल्लो तहका नेतालाई जानकारी छैन ।
यसरी हेर्दा कांग्रेसले रविलाई यो अवस्थामा चिढ्याउन नचाहेको एउटा विषय नयाँ सत्ता समीकरणमा भएको गोप्य सहमति देखियो भने त्रास मान्नुपर्ने अर्को कारण भ्रष्टाचारको विषय रह्यो । रविसँग गोप्य रुपमा भएको सहमति बिग्रियो भने भ्रष्टाचार प्रकरणमा आफ्ना नेता पर्ने डर कांग्रेसलाई छ । नक्कली शरणार्थी प्रकरणदेखि टेरामक्ससम्मका विषयमा कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवादेखि उनका अति विश्वास पात्र ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेत जेल जाने अवस्था छ । यसैले शनिबार लामिछानेले सहकारी ठगीमा आफूविरुद्द प्रमाण भए लिएर आउन महामन्त्री गगन थापालाई चुनौती दिँदा पनि उनले जवाफ फकाएका छैनन् ।
सभापति र महामन्त्रीबीच रविसँग भएको सहमति शेयर भएको हुनुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भन्ने सम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ । रविले झोकमा यो विषय उठाए भने समस्यामा परिन्छ भन्ने देउवा र महामन्त्रीलाई छ । अर्को फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने विवादास्पद टेरामक्स प्रणाली खरिदको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।
अख्तियारले तत्कालीन सञ्चारमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेत अनि बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालसहित सबैको बयान लिइसकेको छ । तत्कालीन सचिव एवं हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पनि अख्तियार पुगेर बयान दिइसकेका छन् । कानुनी पूर्वाधार विना विवादास्पद प्रणाली अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकूल व्याख्या गरेको, ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेको भनी अख्तियारले यो विषयमा अनुसन्धान सकिएको जानकारी यस अघि नै दिएको छ ।
यी विषय यो सरकारले नउठाओस् र रविले पनि नचलाउन भन्ने मनसाय कांग्रेसको हो । यसकारण रवि र कांग्रेसका बीच दुई वटा सम्बन्ध देखिएका छन् । पहिलो भनेको गैर बामपन्थी सरकार बनाउन रविको साथ र दोस्रो आफ्ना नेता यही अवस्थामा भ्रष्टाचार प्रकरणमा नसमातिउन । जे होस रवि र देउवा बीचको सहमतिले भने यो सत्ता समीकरण कुनै पनि बेला भत्कने सम्भावना भने बढाएको छ । कांग्रेसको प्रयास पनि यसैमा भएको देखिन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार