पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार ११:५४:३८
१३ चैत, काठमाडौं । फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्म अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
'सलीना' रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको यो फिल्मको सम्पुर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म बताइन्छ । फिल्मका निर्देशक तेजस राज जोशी हुन् । फिल्म निर्देक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन फिल्ममा छ ।
सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पाश्र्व स्वर शुशिल नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार रहेका छन् । फिल्म विभिन्न एनिमेटेट पात्रहरुसँगको अन्तर्वार्ता चर्चित संचारकर्मीहरु सुरेश पौडेल, शुशिल नेपाल, राज श्रेष्ठलगायतले लिएका छन् ।
‘सलीना ’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उदेश्यले जन्म भएको राजकुमारी अन्यपात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा फिल्मको कथा आगाडी बढेको छ ।
फिल्म प्रदर्शनका लागि सेन्सर वोर्डबाटबाट सेन्सर समेत भएको छ । सेन्सरबोर्डबाट फिल्मले यू सर्टिफिकेट पाएको छ । नेपाली भाषामा फिल्म निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड फिल्म बनेको हो ।
फिल्म विशेष गरेर बालबालिका लक्षित भएपनि सर्बैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताए । ‘यो फिल्म निर्माणका लागि ६ बर्ष लागेको छ’, जोशीले भने ‘फिल्म अन्तराष्ट्रिय स्तरको बनेको छ ।’ जोशीले सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
मेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
डोल्पाको तापिरिचा विद्यालय
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार