नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षलाई २७ बुँदे स्पष्टीकरण, निलम्बनको तयारी
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १९:०:४९
१३ चैत, काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र त्यसका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ ।
युरोपेली युनियन 'ईयू' को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफियत हटाउन निगमले सन्तोषजनक काम नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
सात दिनको समय राखेर सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही हुने प्राधिकरणले जनाएको छ । निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएको, जहाजहरू लामो समय ‘ग्राउण्डेड’ हुने गरेको र उडान सुरक्षामा देखिएका कमजोरीलाई स्पष्टीकरणमा समावेश गरिएको छ ।
प्राधिकरणले ‘कन्टिनुइङ एयरवर्दिनेस’ र ‘मेन्टिनेन्स म्यानेजर’ पद लामो समयसम्म खाली राखिएको बारे प्रश्न गरेको छ । जहाजहरूमा तोकिएको समयमा अनिवार्य गर्नुपर्ने मर्मत किन नगरिएको र यस्तो घटना किन बारम्बार दोहोरिने भनी प्रश्न पनि सोधिएकाे छ ।
हेर्नुहोस् स्पष्टीकरणको पूर्णपाठ :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार