कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १८:१६:५८
१४ चैत, काठमाडौं । कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले अब कुमारी बैंकको मोबाइल बैंकिङ एपको प्रयोग गरि निक्षेपको ९०% सम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागि बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अबदेखि सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५% छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागि कुनै पनि किसिमको कागजी प्रकृयाहरू नहुने र मोबाइल बैंकिङ एपमार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने ब्यहोरा बैंकले सार्वजनिक गरेको छ ।
निक्षेपकर्तालाई आवश्यकता परेको अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दती निक्षेपलाई रद्द नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केही क्लिकहरु गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सेवासुविधाहरु उपलब्ध गराउँदै आएको छ, जसले नेपालको बैंकिङ्ग तथा डिजिटल क्षेत्र प्रबर्द्धन गर्न ठुलो योगदान पुर्याएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्स्टेन्सन काउण्टर तथा ६५ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार