गरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल

नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार १२:५०:६

१५ चैत, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवा बैंकर माधवप्रसाद उपाध्याय (आचार्य) नियुक्त भएका छन् । बैंकको यही चैत्र १४ गते बुधवार बसेको सञ्चालक समितिको ३०४ औं बैठकले सोही विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा कार्यरत उपाध्यायलाई आगामी २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर नवनियुक्त सीईओ उपाध्यायले गरिमा विकास बैंकमा स्थापनाकालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु पूर्व करिब डेढ दशक अध्यापन-प्राध्यापन पेशामा संलग्न थिए ।
सो विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसँगै वैशाख १ गतेदेखि रिक्त हुने सीईओ पदमा उपाध्यायलाई सञ्चालक समितिले नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत एवं चार्टर्ड एकाउन्टेन्ट अनिल रेग्मीलाई आज चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ वट एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार