सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार ११:२१:३१
१६ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकै दिन ८२१ सय रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । बिहीबार पनि सुनको मूल्य नयाँ इतिहास कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै शुक्रबार हालसम्मकै उच्च कायम भएको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार