पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार ११:३५:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/jamunaha-naka_RdDoS6pZd3_qlwIzGXj77.jpg)
१६ चैत, नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ ।
“अहिले कुनै काम छैन, काम भएको भए हामी पनि व्यस्त हुन्थ्यौँ होला तर आइसिपी सञ्चालन भएपछि पुनः काम हुने आश्वासन पाएका छौँ”, जमुनाहस्थित अध्यागमन कार्यालयका प्रमुख दुर्गाकुमारी वलीले भने । उनले कोरोनाकालदेखि नै सो कार्यालयबाट हुने काम बन्द भएको जानकारी दिँदै भारतीय पक्षसँग कुरा गर्दा आइसिपी सञ्चालन भएपछि पुनः सञ्चालनमा आउने जानकारी पाएको बताए ।
अध्यागमन कार्यालयमार्फत जमुनाह नाका हुँदै तेस्रो मुलुकबाट पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै अध्यागमन प्रमुख वलीले विगतमा ‘भिसा’को म्याद थप गर्ने कार्य पनि सोही कार्यालयबाट हुँदै आएको बताए । खास गरी चीन, कम्बोडिया, अमेरिका र जापानबाट जमुनाह नाका हुँदै पर्यटक नेपाल आउने र नेपालबाट भारततर्फ जाने गरेको बताइएको छ ।
अहिले पनि जमुनाह नाकामा आउने पर्यटकलाई अनुमति लिनका लागि रुपन्देहीको बेलहिया नाकामा पठाउने गरेको उल्लेख गर्दै उनले भने,“काम नहुने कुरा धेरैले थाहा पाउनुभएको छ तर कहिलेकाहीँ फोनबाट सोधपुछ भइरहेको हुन्छ”, । कार्यालय प्रमुख वलीले कामका लागि गृह मन्त्रालयलाई पटकपटक आग्रह गरेको जानकारी दिँदै आइसिपी सञ्चालन भएपछि प्रभावकारी काम हुने आश्वासन पाएको बताए । सो अध्यागमन कार्यालयमा अहिले आठ कर्मचारीको दरबन्दी रहेको तर सात कर्मचारी मात्रै कार्यरत छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बाँकेका अध्यक्ष श्रीराम सिग्देलले कोभिडकालमा तेस्रो मुलुकबाट आउने पर्यटकलाई नेपाल भएर भारत जान र भारत भएर नेपाल आउने अनुमति नदिँदा बाँकेको पर्यटन विकासमा असर परेको बताए । तेस्रो मुलुकका धेरै पर्यटक भारतको रुपैडिहा आएर फर्केका उल्लेख गदै उहाँले कोभिडकालअघिको भिसादिने व्यवस्थालाई अविलम्ब प्रारम्भ गर्न सरकारसँग माग गरे ।
सिद्धार्थ बिजनेस ग्रुपका निर्देशक केशव न्यौपानेले अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा तेस्रो मुलुकबाट आउने पर्यटक जमुनाह नाकाबाट भित्र्याउन अप्ठेरो भएको उल्लेख गर्दै यहाँ आउनका लागि पर्यटक बेलहिया जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने
माघ २२, २०८१ मंगलबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार