कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १२:९:२५
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सहकारी विभागमा १० जना सदस्य मनोनित गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागमा १० जना सदस्य थपेका हुन् ।
विभागको सदस्य मनोनयन हुनेमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल,शम्भु घिमिरे, नवराज न्यौपाने र कृष्ण खनाल रहेको छ । गत मंसिर १ मा देउवाले कँडेललाई विभाग प्रमुख बनाएका थिए ।
साथै केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि सभापति देउवाले १० जना सदस्य शुक्रबार मनोनीत गरेका छन् ।
नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्वे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ, कृष्ण घिसिङलाई सभापति देउवाले सदस्य मनोनीत गरेका हुन्।
कांग्रेस विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार